डा. देवकोटालार्इ अन्तिम श्रद्धाञ्जली



नेपाल समाचारपत्र, काठमाडौं ।
दिवंगत बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरु र अन्य विशिष्ट व्यक्तीहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । न्यूरो अस्पताल, बाँसबारीमा पुगेर सर्बसाधारण लगायत सरकारी उच्च पदस्थ व्यक्तिहरूले श्रद्धाञ्जली दिएका हुन् । अस्पताल प्रांगणमा देवकोटाको शव राखिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, सभामुख कृष्णबहादुर महरा, नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, पूर्व सभामुख मुवासचन्द्र नेम्वाङ, पूर्वअर्थमन्त्री विष्णु पौडेल, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला लगायतले देवटालाई श्रद्धाञ्जली दिएका छन् ।

तस्विरः उज्जोल डंगोल काठमाडौँ ।

देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको पनि छ । आजै उनको पशुपतिको आरेघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्