पोल्यान्डको जित सम्भव छ



पोल्यान्डले १९७४ र १९८२ विश्वकपमा तेस्रो स्थान ओगटेको थियो। यसपछि पोल्यान्डले सोचेजस्तो नतिजा निकाल्न सकेको छैन। यसपटक पोल्यान्डका लागि समूहमा कडा टोली छैनन्। यसैले अन्तिम १६ मा पुग्न त्यति गाह्रो हुँदैन टोलीलाई।

महत्वपूर्ण खेलाडी
कप्तान रोबर्ट लेवान्डोस्की पोल्यान्डका प्रमुख खेलाडी हुन्। उनी पछिल्लो केही वर्ष यता संसारका उत्कृष्ट स्ट्राइकरको सूचीमा रहँदै आएका छन्। उनी बायर्न म्यूनिखका प्रमुख खेलाडी हुन्। उनले विश्वकप छनोट चरणका १० खेलमा १६ गोल गरेका थिए। यस्तै पियेटर जिलिस्कीले पछिल्ला २ सिजनमा नेपोलीबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका छन्। २४ वर्षीय उनले रसिया विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ।

सेनेगल २००२ पछि खेल्दै
सेनेगल विश्वकपमा दोस्रो पटक खेल्दैछ। २००२ विश्वकपमा पहिलो सहभागितामै सेनेगलले इतिहास रचेको थियो। टोली सो विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो। यसको बाबजुद यो टोलीको विश्वकपमा निरन्तरता भएन। पछिल्ला ३ विश्वकपमा टोली छनोट हुन सकेन।

महत्वपूर्ण खेलाडी
साडियो माने सेनेगलका स्टार हुन्। लिभरपुलबाट खेल्ने उनले गत सिजन उत्कृष्ट प्रर्दशन गरेका थिए। मोहम्मद सलाह, रोबर्टो फिर्मिनोसँगको तालमेलमा उत्कृष्ट खेल्दै आएका छन्। उनले च्याम्पियन्स लिगमा मात्रै १० गोल गरेका थिए। नेपोलीका कालिडोउ केलबाली सिरि ए का उत्कृष्ट खेलाडी हुन्। उनले सनेगलबाट समेत उत्कृष्ट प्रर्दशन गर्दै आएका छन्। २८ वर्षीय इड्रिगा गुएई पनि सेनेगलका प्रमुख खेलाडी हुन्।

 

प्रतिक्रिया दिनुहोस्