तालिबानद्वारा युद्ध विराम लम्बाउने सरकारको आग्रह अस्विकार



काबुल (एजेन्सी)
अफगान तालिबानले ईदका लागि घोषित तीन दिनको संघर्ष विराम लम्ब्याउन अस्विकार गरेको छ । राष्टपति असरफ गानीले तालिबानसँग संघर्ष विरामको समयसिमा बढाउने अपिल गरेका थिए ।

तालिबान प्रवक्ता जबिहुल्लह मुजाहिदले संघर्षविराम आइतबार रातीबाट समाप्त हुने र सुरक्षाबल विरुद्ध कारवाही सुरु हुने बताएका थिए । तालिबानको संघर्षविराम बढाउने मनसाय नभएको उनले बताए । उनले सुर्यास्तसँग लडाकुहरुले सरकार नियन्त्रित इलाका छोड्ने अपेक्षा गरेको पनि बताए ।

सरकार र तालिबान कट्टरपन्थीले ईदका अवसरपारी ३ दिनको संघर्ष विराम घोषित गरको र यो जुन २० मा समाप्त हुने बताइएको थियो ।

तालिबान र सुरक्षा बल मिलेर ईद मनाए
अफगान तालिबान र अफगान सुरक्षा बलले एक आपसमा ईदको सुभकामना आदान प्रदान गर्दै उक्त पर्व मनाएका बताइएको छ । उनीहरुबीच अंगालो हाल्दै सुभकामना आदान प्रदान भएको जनाइएको छ ।

अफगानिस्तानका राष्टपति असरफ गनीले संघर्षविरामको समय सिमा बढाएको छ र तालिबानसँग आफनो तर्फबाट पनि संघर्ष विरामको म्याद बढाउन अपिल गरेका थिए ।
सरकारले कयौं तालिबान कट्टरपन्थीलाई जेलबाट रिहा गरेको छ ।

इस्लाममा पवित्र मानिने रमजान महिनापछि अफगानिस्तानमा तालिबान कट्टरपन्थी र अफगान सैनिकले मिलेर ईद मनाएको र एक अर्कालाइ सुभकामना दिँएको र सँगैबसेर तस्वीर पनि खिचेका छन् ।

दुबै तर्फबाट ईदका क्रममा संघर्ष विराम घोषणापछि यसतो सम्भव भएको हो ।

यसैविच अफगानिस्तानको नानगाहर प्रान्तमा एक आत्मघाती हमलामा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारी र तालिबान कट्टरपन्थी ईद मनाउन भेला भइरहेको स्थानमा उक्त विस्फोट भएको हो ।

मारिनेमा धेरैजसो तालिबान भएको र कयौं स्थानिय पनि परेको प्रान्तका प्रवक्ता अतुल्लाह खोगयानीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्