सिंगापुर वार्ता सहमतिमा ट्रम्पको नयाँ खुलासा



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको सिंगापुर शिखर वार्तामा दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्न किन आफुले सहमति गरेको भन्ने विषयमा खुलासा गरेका छन् ।

‘ वार्ताका क्रममा युद्ध अभ्यासलाई स्थगित गर्ने आग्रह मेरो थियो किनभने तिनीहरु अत्यन्तै महँगो र राम्रो मनसायको वार्ताका लागि खराब पक्ष बनिरहेको थियोे ‘ ट्रम्पले लेखेका छन् । ‘यो अत्यन्तै उत्यजनात्मक छ । यदि वार्ता भाँडिएमा तत्काल सूरु हुनसक्छ, जुन मैले हुन्छ भन्ने अपेक्षा गरेको छुइन ‘ ।

तर ट्रम्पले उत्तर कोरियासँगको वार्ताले सिंगापुरबाट फर्केपछि आफुले जोडदिइरहेकोे लाइनसँग द्वन्द्व रोकिन सक्ने बताए

गत बुधबार ट्रम्पले प्रष्ट शब्दमा ‘उत्तर कोरियाबाट अब कुनै प्रकारको परमाणु खतरा नभएको ‘ ट्विट गरेका थिए । उनले अमेरिकीका लागि राम्रो सुत्न सक्ने नतिजाका सुनिश्चित गरेकोे बताएका थिए ।

तर उत्तर कोरियाको परमाणु खतरा वास्तवमै अन्त्य भएको हो भने वार्ता भाँडिन सक्ने चिन्ता नहुनु पर्ने विश्लेषकहरुले बताएका छन् ।

उत्तर कोरियाको परमाणु हतियारबाट उत्पन्न समस्या समधान गर्ने प्रयास अहिले मात्र सुरु भएको छ । ट्रम्पको ट्विटले अमेरिकी नागरिकको आँखामा छारो हालेको देखिएको थिंक प्रोग्रेसले जनाएको छ । उत्तर कोरियाले उसको परमाणु क्षमतालाई कायम राखेको छ र किमसँग उनले हस्ताक्षर गरेको सहमतिमा निसस्त्रिकरण प्रयासको प्रमाणिकरण बारे कुनै उल्लेख नभएको थिंकप्रोग्रेसले जनाएको छ ।

शिखर बार्ता लगत्तै जर्ज स्टफानोपोलोस र सिन हानिटीलाई दिएको अन्तरवार्तामा ट्रम्पले किमलाई ‘अत्यन्तै राम्रो ब्यक्तित्व‘ भएको ‘मजबुत ब्यक्ती ‘ र अत्यन्तै रणनितिक र धेरै प्रभावशाली भएको प्रशसा गर्दै विश्वास गर्न सकिने बताएका थिए ।

हानिटीसँगको अन्तरवार्तामा ट्रम्पले वास्तवमा परमाणु निसस्त्रिकणमा लिखित सहमति नभएको तर किमले बचन भन्ने दिएको बताएका थिए ।

आइतबार पहिलोपटक ट्रम्पले किमसँगको वार्ताको स्थिति खुलासा गर्दै भने– ‘इमान्दारिता पुर्वक भन्नुपर्दा, उनले ती कुराहरु पुरा गर्न गइरहेको छ भन्ने मलाई लागेको छ । म गलत पनि हुनसक्छु – ट्रम्पले भने । ‘म छ महिनापछि तिमीहरुको समक्ष उभेको हुने छु र भन्छु म गलत भएँ ।

प्रतिक्रिया दिनुहोस्