एभरेस्ट बैंकको सीतापाइलामा शाखा खुल्यो



काठमाडौं, (नेस)
एभरेस्ट बैंंकले सीतापाइलामा नया“ शाखा स्थापना गरेको छ । सीतापाइला शाखाको उद्घाटन यस बैंकमा संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेस्ट बैंकका निर्देशक, एलभी प्रभाकरले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बंैकका संस्थापक निर्देशक अरुणमान शेरचन, प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठलगायतको उपस्थिति थियो ।

बैंंकले आफ्ना ग्राहक संख्या साढे नौ लाखभन्दा बढी रहेको जनाएको छ । एभरेस्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएमबाट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्