पानामाको पोष्टमा बेल्जियमको ३ गोल



एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ तर्फको पहिलो खेलमा बेल्जियमले पानामामाथि ३–० गोलको जीत हात परेको छ । खेलको पहिलो हाफसम्म बराबरीमा रोकिएको बेल्जियमले पानामामाथि निरन्तर दबाब राख्दै ३ गोल गर्न सफल भएको हो । बेल्जियमको तर्फबाट सबै भन्दा पहिले मेर्टेन्स्ले १ गोल थपेर टिमलाई अग्रता दिए भने लुकाकुले मात्रै २ गोल गरेर टिमलाई जीताएका हुन् । पानामाले बेल्जियम माथि राम्रा मुभहरु बनाए पनि गोल गर्न भने सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्