रेलमार्ग र जलविद्युत आयोजनामा चीनसँग सम्झौता हुनेछः प्रधानमन्त्री ओली



नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा विकासको एजेण्डाले प्राथमिकता पाउने बताएका छन् ।

ओली चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणमा भोलि चीनको औपचारिक भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्नेछन् ।

भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीन समस्यासहित छिमेकी भएको बताए । उनले भने, ‘महामहिम शीसँग मेरो भेटवार्ता हुनेछ । त्यसबेला मैले नेपालका हित र दृष्टिकोण राख्नेछु । नेपाल र चीन सम्वन्ध कसरी सुदृढ गर्न सकिन्छ भनेर राख्नेछु ।’

चिनियाँ नेताहरुसँगको भेटमा ब्यापार घाटा काम गर्ने तथा ओबर अन्तरगत पूर्वाधार विकास, रेल(सडक निर्माण र जलविद्युत आयोजना कार्यान्वयनमा चिनियाँ सहयोग कसरी जुटाउने छलफल गर्ने प्रधानमन्त्रीले बताए ।

भ्रमणमा रेल्वे, उर्जा सहयोग, पुनर्निर्माणमा द्विपक्षीय सम्झौता तथा समझदारी हुने उनले बताए । प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको भन्दै नेपाली भूमिमा चीन विरोधी हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्