नाचोलाई डायबिटिज



मस्को, (एजेन्सी)
नाचो १४ वर्षको उमेरदेखि नै डायबिटिजसँग लडिरहेका छन्। यस्तो रोगले उनको करिअर नै समाप्त गर्न सक्थ्यो। त्यतिबेला उनी रियल मेड्रिडको युवा टोलीमा प्रशिक्षण लिइरहेका थिए। डाक्टरहरूले उनलाई कहिल्यै फुटबल खेल्न सक्दैन भनेका थिए। तर उनले हिम्मत देखाएर संघर्ष जारी गरे र पछि डाक्टरसँग सल्लाह लिँदा उनलाई आफनो सपना पुरा गर्न सकिने बताइयो।

नाचो लामो समयसम्म इन्सुलिनको सामग्री लिएर मैदान जाने गर्थे। अभ्यास गर्छ, इन्सुलिन लिन्छ र फेरि अभ्यास गर्छ उनी। नाचो २००२ मा सिनियर टोलीमा स्थान पाएपछि उनको सपना पुरा भएको थियो। रियल मेड्रिडमा आफनै आदर्श खेलाडी जिनेदाइन जिदानको नेतृत्वमा खेल्न पाउँदा पनि आफनो सपना पुरा भएको उनले भनेका थिए।

प्रतिक्रिया दिनुहोस्