१३ जिल्लालाई ५ अर्ब २९ करोड



नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश नम्बर ३ सरकारले प्रदेशका १३ जिल्लालाई ५ अर्ब २८ करोड ८२ लाख विनियोजन गरेको छ । जसमा वित्तीय समानीकरणतर्फ १ अर्ब, सशर्त अनुदानतर्फ ३ अर्ब ६३ करोड ८२ लाख र विशेष अनुदानतर्फ ६५ करोड विनियोजन गरिएको छ ।

दोलखालाई ३३ करोड २४ लाख ५२ हजार, रामेछापलाई २९ करोड ७२ लाख ९९ हजार, सिन्धुलीलाई ३४ करोड ५७ लाख ५९ हजार, काभ्रेपलाञ्चोकलाई ४५ करोड १ लाख ७० हजार विनियोजन भएको छ । सिन्धुपाल्चोकलाई ४४ करोड १ लाख, रसुवालाई १९ करोड ३ लाख ५३ हजार, नुवाकोटलाई ४३ करोड ८६ लाख ३३ हजार, धादिङलाई ४७ करोड ६९ लाख ४ हजार, चितवनलाई ४५ करोड ६३ लाख ७१ हजार विनियोजन भएको छ ।

मकवानपुरलाई ३९ करोड ६५ लाख ६९ हजार, भक्तपुरलाई २६ करोड ६७ लाख ९० हजार, ललितपुरलाई ३९ करोड ९ लाख १९ हजार र काठमाडौंलाई ७ करोड ८० लाख ५७ हजार विनियोजन भएको छ ।

मकवानपुरका १० स्थानीय तहलाई ३९ करोड ६५ लाख ६९ हजार रुपिया“ विनियोजन गरिएको छ । प्रदेश सरकारले मकवानपुरका स्थानीय तहलाई वित्तीय समानीकरणतर्फ ८ करोड २३ लाख ७५ हजार रुपिया“ विनियोजन गरेको छ भने सशर्त अनुदानतर्फ २६ करोड ४१ लाख ९४ हजार विनियोजन गरेको छ ।

विशेष अनुदानतर्फ मकवानपुरको राक्सिराङ गाउ“पालिकालाई ५ करोड विनियोजन भएको छ । प्रदेशका १३ जिल्लाका एक स्थानीय तहलाई विशेष अनुदान दिइने शुक्रबारको बजेट वक्तव्यमा उल्लेख छ । सोहीअनुसार विशेष अनुदान मकवानपुरमा राक्सिराङ गाउ“पालिकाले रकम पाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा बढी ८ करोड १७ लाख ४३ हजार पाउने भएको छ । थाहा नगरपालिकालाई वित्तीय समानीकरणतर्फ १ लाख ७ हजार र सशर्त अनुदानतर्फ २ करोड २८ लाख ५० हजार रुपिया“ गरी ३ करोड १० लाख २८ हजार रुपियाँ विनियोजन भएको छ ।

८ गाउ“पालिकालाई २८ करोड ३७ लाख ९८ हजार विनियोजन भएको छ, जसमा वित्तीय समानीकरणतर्फ ६ करोड ३१ लाख ८६ हजार र सशर्त अनुदानतर्फ १७ करोड ६ लाख १२ हजार विनियाजन भएको छ ।

इन्द्रसरोवर गाउ“पालिकालाई ७६ लाख ६४ हजार वित्तीय समानीकरण र १ करोड ५६ लाख सशर्त अनुदान गरी २ करोड ३२ लाख ६४ हजार विनियोजन भएको छ । कैलाश गाउ“पालिकालाई ३ करोड ३ लाख ४७ हजार विनियोजन भएको छ, जसमा ७७ लाख ३४ हजार वित्तीय समानीकरण र २ करोड २६ लाख १३ हजार सशर्त अनुदान छ ।
बकैया गाउ“पालिकालाई वित्तीय समानीकरणतर्फ १ लाख ३३ हजार र सशर्त अनुदानतर्फ १ करोड ५२ लाख ४५ हजार रुपिया“ गरी २ करोड ३३ लाख ७ हजार रुपिया“ विनियोजन भएको छ ।
भीमफेदी गाउ“पालिकालाई ७६ लाख ७० हजार वित्तीय समानीकरण र २ करोड ७८ लाख २५ हजार रुपिया“ सशर्त अनुदान गरी ३ करोड ५४ लाख ९५ हजार, मकवानपुरगढी गाउँपालिकालाई ७९ लाख ११ हजार वित्तीय समानीकरण र १ करोड ७१ लाख सशर्त अनुदान गरी २ करोड ५० लाख ११ हजार रुपिया“, मनहरीलाई ८१ लाख ७३ हजार वित्तीय समानीकरण र २ करोड २३ लाख ५० हजार सशर्त अनुदान गरी ३ करोड ५ लाख २३ हजार विनियोजन भएको छ ।

राक्सिराङ गाउ“पालिकालाई वित्तीय समानीकरणतर्फ ७९ लाख ५० हजार, सशर्त अनुदानतर्फ १ करोड ८७ लाख ४ हजार र विशेष अनुदानतर्फ ५ करोड गरी ७ करोड ३६ लाख ५४ हजार विनियोजन भएको छ ।

बागमती गाउँपालिकालाई ७९ लाख ५१ हजार वित्तीय समानीकरण र सशर्त ३ करोड ११ लाख ७५ हजार गरी ३ करोड ९१ लाख २६ हजार विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्