मादक पदार्थ ‘स्पाइस‘को चपेटामा बेलायत



लन्डन(एजेन्सी)
बेलायतमा सामाजिक सन्जालमा फैलिएको एक तस्वीरले लागु पदार्थ प्रयोग प्रति चिन्ता बढाएको छ । उक्त तस्वीरमा बस्न पनि नसक्ने अवस्थामा पुगेका नशाले चुर तीन युवक देखिएका छन ् भने उनीहरु नजिकै एक बच्चा खेलिरहेको देखिन्छ ।

उक्त तस्वीर साउथ वेल्सको सहर ब्रिजेन्डमा लिइएको हो । ती तीनै जना युवक ‘स्पाइस‘ भनिने एक खतरनाक नशामा चुर थिए । हाल बेलायतलाई यो लागु पदार्थले चेपेटामा लिएको छ ।

केहि समयपछि सामाजिक सन्जालमा फैलिएको अर्को एक तस्वीरमा एक ब्यक्ती बेन्चमा नशाले चुर अवस्थामा देखिएका छन् । तस्वीर लिएका ब्यक्तीले आफनो नाम साझा नगर्ने सर्तमा आफुले गत मंगलबार ती तस्वीर लिएको बताएका छन् ।

स्पाइस एक अवैध मादक पदार्थ हो, जस्ले गाँजाको जस्तो असर गर्छ र यसको प्रयोग गर्न ब्यक्ती अत्यन्त कमजोर हुने गर्छ ।

साउथ वेल्स प्रहरीले ती लागु पदार्थबाट मानिसमा अत्यन्त खतरनाक असर पर्ने र उक्त नशा विरुद्ध लड्नु प्राथमिकता भएको बताएको छ ।

डिटेक्टिभ डिन टेलरले उनको विभागले अहिले सम्म ती तस्वीर नदेखेको दावी गरेका छन् । उनले भने– म समाजसँग अपिल गर्दछु कि उनीहरु लागु पदार्थ ब्यापारीसँगको लडाईमा हामीलाई सहयोग जारी राखुन् ।

प्रतिक्रिया दिनुहोस्