बन्दरगाहमा आप्रवासी



म्याड्रिड,(एजेन्सी)
भुमध्यरेखिय सागरबाट अलपत्र परेको एउटा जहाजबाट उद्धार गरिएका आप्रवासीहरु आइतवार स्पेनको भ्यालेन्सिया टापुमा आइपुगेका छन् । तिनीहरुलाई इटाली र माल्टाले शरण दिन अस्विकार गरेका थिए । गत सप्ताहान्त ति ६ सय ३० जना आप्रवासीलाई उद्धार गरेका अक्वारियस लगायत तीनवटा जहाज हिजो स्पेनको बन्दरगाहमा आइए पुगेका हुन् ।

तिनीहरुलाई सहयोग गर्न रेडक्रसका कार्यकर्ता , स्वास्थ अधिकारी र दोभाषेहरु त्यहाँ जम्मा भएक छन् । स्पेनको नयाँ समाजवादी सरकारले तिनीहरुलाई निशुल्का स्वास्थ स्याहार सेवा उपलब्ध गराइने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्