भरपर्दो डाइभर्सन नगर्र्दाे निमार्णाधिन पुल वग्ने खतरा



सरिता चलाउने
सल्यान । सल्यानको सल्ली चौहरजारी सडक खण्डको नाथेखोला त्रिवेणिवजारमा निर्माणाधिन पुलको काम समयमा सम्पन्न नहुदाँ स्थानीयलाई आवत जावतमा कठिनाई भएको छ । पुलको काम समयमा नभएर वर्षा लागे पछि सुरु गर्दा खोला थुनिएको हो ।
निमार्ण्धिन पुलको सेटिङको सम्पुर्ण काम सम्पन भई ढलान गर्न मात्रै बाँकी रहेकाले वर्षातमा पुलको सेटिङले गर्दा खोला थुनिदाँ आवत जावतमा निक्कै समस्या भएको स्थानीय डिल्ली रानाले वताउनु भएको छ । समयमा काम सुरु नगरि वर्षातमा पुलको काम थालनी गर्दा खोलाले सेटिङको सम्पुर्ण तयारी पुरा भएको पुल समेत वगाउने खतरा वढेको उहाँले बताउनु भयो ।

यस्तै छिन्चु जाजरकोट सडक खण्डको सल्लीवजारको बन्गाड खोलामा निमार्ण्धिन पक्की पुलको सेटिङका सम्पुर्ण तयारी पुरा भई ढलान गर्ने अन्तीम तयारीमा रहेकोे पुल बाढीले वगाएको छ । उक्त पुलको पनि डाइभर्सन नगरि खोला थुनिएको थियो । पुलकै कारण खोला थुनिदाँ सल्ली गैलीवजारका स्थानीय वासिहरु घरन घाटको भएका छन् । अर्को तर्फ सल्ली चौहरजारी सडक खण्डको बन्गाड खोलामा निमार्ण्धिन पुलको कामको खासै ताकेता नहुदाँ उक्त पुल समेत धरापमा रहेको छ ।

कामको जिम्मा लगेका ठेकेदार हरि वहादुर रावत पुलको काममा तदारुकता नदेखाई अन्य क्षेत्रमा अरु काममा व्यस्त रहेको स्थानीयको आरोप छ । २०७४ पौष मसान्त भित्र पुलको काम सम्पन्न हुनुपर्ने हो । तर निमार्ण कम्पनीले पुल खोलाबाट वचाउनको लागि भरपर्दो ड्राईर्भसन निमार्ण गर्नु पर्ने हो तर उल्टै खोलामा ड्याम बाँधिएर खोला थुनिएको छ ।

निमार्ण कम्पनीको हेलचक््रयाईँका कारण पुन अर्को पुल खोलाले वगाउने पक्का देखिन्छ । रातदिन ताकेता गरेर समयमा काम सकाउनको सट्टा निमार्णको जिम्मा पाएका व्यक्तीहरु समेत यतिवेला पुल खोलाले वगाउस भनेर नै व्यवास्था गरेका छन् । त्यसै गरि सल्ली चौहरजारी सडक खण्डको पुल देखि अन्य सडक स्तरि उन्नतीको काम ठेकेदारहरुले ठाउँ ठाउँमा काम सम्पन्न नगराई अलपत्र पारेको स्थानीयले बताएका छन् । समयमा काम नगरि लापरवाहि गर्ने निमार्ण कम्पनिलाई सम्बन्धीत निकायहरुले वास्था गरेका छैन्न ।

 

प्रतिक्रिया दिनुहोस्