सांसद्लाई सामूहिक बसोबासको सुझाव



हेटौंडा,(नेस) । प्रदेश–३ को सभामा १/२ महिनामात्र नीति निर्माणको तहमा उपस्थित हुनुपर्ने तर कोठा भाडामा लिँदा १२ महिनाकै रकम तिर्नुपर्ने गुनासो गरिएको छ ।हेटौंडामा आएको बेला सामूहिक बसोबास गर्ने व्यवस्था गरे काम छउञ्जेल बस्ने र काम सकिएपछि जान सजिलो हुने भएकाले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिइएको छ ।

आफ्नो सवारी नभएका सांसद्हरुलाई संसद् चल्ने समयमा ल्याउने र लैजाने व्यवस्था राज्यले गर्नुपर्ने माग पनि गरिएको छ । जनसरोकार केन्द्र मकवानपुरले यस्तो माग गरेको हो ।

जनसरोकार केन्द्र मकवानपुर संयोजक अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले सांसद्लाई छोटो समयमा प्रदेशसभा बैठक राख्दा असहज भएकाले निर्वाचन क्षेत्रमा पुगेर १÷२ दिनमा फेरि बैठकमा आउनुपर्ने समस्या भएकाले प्रदेशसभा बैठकको कार्यसूची संकलन गरी लामो समयपछि बैठक राख्ने र आवश्यक काम एकैचोटी सम्पन्न गर्नु उपयुक्त रहेको सुझाव दिइएको बताउनुभयो ।

सांसद्हरुले राज्यको भन्दा व्यक्तिगत स्वार्थका कारण राजधानी सार्ने कुरा गरेकाले आमजनतालाई काठमाडौं उपत्यका आसपास राजधानी बनाए धेरै कुराको नराम्रो असर पर्ने कुरा जानकारी गराउन प्रचारप्रसार गर्नुपर्ने केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्