२१ सहसचिवको सरुवा



काठमाडौं, (नेस)
सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ। सरुवा भएकामध्ये अधिकाशं प्रदेशका रहेका छन् ।
प्रदेश नम्वर १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव सन्तोष श्रेष्ठलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । यही प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका यज्ञ खत्रीलाई मुख्यमन्त्री कार्यालय पठाइएको हो।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गंगाराम गेलाललाई पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।प्रदेश २ का आन्तरिक मामिला मन्त्रालयमा रहेका विष्णु केसीको संघीय मन्त्रालयको आन्तरिक समूहमा सरुवा भएको छ। देवीराम भण्डारीलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालय पठाइएको हो।

२ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयमा किरण रुपाखेतीलाई पठाइएको हो। यो प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा भने जगदिश रेग्मीलाई सरुवा गरिएको छ । प्रदेश २ को भूमि व्यवस्था मन्त्रालयमा वंशी शर्मालाई पठाइएको हो भने प्रदेश ३ को भूमि व्यवस्था मन्त्रालयमा विजयचन्द्र झालाई सरुवा गरी पठाइएको हो।

प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयमा रहेका बलदेव जोशीको प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयमा राजकुमार श्रेष्ठलाई सरुवा गरी पठाइएको छ । प्रदेश ३ को आर्थिक मामिला मन्त्रालयमा केवल भण्डारीलाई पठाइएको छ ।
प्रदेश ४ को आन्तरिक मामिला मन्त्रालयका प्रेम भट्टराईलाई प्रदेश ५ को प्रदेशसभा सचिवालयमा पठाइएको छ । आन्तरिक मामिलामा भने मानबहादुर विश्वकर्मालाई पठाइएको छ । प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वसन्त अधिकारीलाई सरुवा गरिएको छ।

प्रदेश ७ को आन्तरिक मामिला मन्त्रालयका पीताम्वर घिमिरेलाई सोही प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको हो । प्रदेश ७ को आन्तरिक मामिला मन्त्रालयमा शंकर अर्याल र सामाजिक विकास कोष सचिवालयमा श्याम अधिकारीलाई सरुवा गरिएको छ।
सूचना प्रविधि र सञ्चार मन्त्रालयमा ऋषिराम तिवारी, बेपत्ता पारिएकाको छानविन आयोगमा प्रेम श्रेष्ठ र लक्ष्मीकुमारी बस्नेतको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्