चीन भ्रमणबारे पूर्वप्रमहरुलाई जानकारी



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ ।
चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई अवगत गराउँदै उहाँले सबैको चाहना र भावनालाई समेटर आफू चीन भ्रमणमा जान लागेको बताउनुभएको हो ।

प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चिनियाँ पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगीकार गरेको उहाँको भनाइ थियो । भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाँच नाका खोल्ने समझदारी हुन लागेको उहाँले जानकारी दिनुभयो ।
पूर्वप्रमहरुसँगको छलफलमा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–चीन–भारतबीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताउनुभयो । पूर्वप्रम डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्