सवारी ढुवानीमा झण्डै करोडको अनियमितता, निर्देशनालय भन्छ: गाडी प्रयोगमै छ



प्रशान्त वली, काठमाडौं ।
सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपैंयाको चलखेल गरेको रहस्य खुलेको छ । निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रुपैंया अनियमितता गरेको भेटिएको छ । निर्देशनालयले सवारी साधन खरिदका नाममा ६१ लाख ३५ हजार रुपैंया अनियमीतता गरेको देखिएको हो ।

निर्देशनालयले भ्याक्सिन ढुवानी ट्रक २४ लाख ४० हजार रुपैंया र डवल डोर रेफ्रिजेरेटर ३६ लाख ९५ हजार रुपैंयामा खरीद गरेको देखिएको हो । डबल डोर रेफ्रिजेरेटर २५ वटा खरीद गरिएको छ । निर्देशनालय मातहतको केन्द्रीय जैविक उत्पादन प्रयोगशालाले २ बर्ष अगाडिदेखि मौजुदा रहेको भ्याक्सिन ढुवानी गर्ने सवारीसाधन प्रयोग विहीन रहेको अवस्थामा थप सवारी साधन खरिद गरेको महालेखा परिक्षणको प्रतिवेदनमा उल्लेख छ ।

खरिद गरेको रेफ्रिजेरेटर २५ मध्ये ६ वितरण नगरेको बताइएको छ । प्रतिवेदनमा भनिएको छ,–‘मौज्दात रहेको सवारीसाधन प्रयोगविहीन रहेको अवस्थामा उक्त साधन उपयोगमा नल्याई थप साधन खरिद गर्नु उचित देखिएन ।’

पशु स्वास्थ्य निर्देशनालायले रेफ्रीजेरेटर बितरणका लागि निर्णय गरिसकेको जनाएको छ । निर्देशनालयले भने ढुवानीका नाममा कतै अनियमीतता नगरेको जनाएको छ ।

निर्देशनालयका कार्यक्रम निर्देशक सम्झना काफ्लेले भन्नुभयो,– ‘२ बर्ष अगाडिदेखि मौजुदा रहेको भ्याक्सिन ढुवानी गर्ने सवारीसाधन प्रयोगमा छ । सो सवारी २०४८ सालमा खरीद गरिएको र अहिले प्रयोगमा आइसकेको छ । र, रेफ्रीजेरेटर वितरणका लागि निर्देशनालयबाट निर्णय पनि भइसकेको छ ।’

तत्कालीन पशु पंक्षि विकास मन्त्रालय र मातहत निकायको लागिथ ७ अर्ब ५९ करोड ६० लाख ४५ हजार रुपैंया बजेट विनीयोजन गरिएको थियो । केन्द्रीय जैविक उत्पादन प्रयोगशालाले २ वर्ष अगाडि देखि एक थान ट्रक झण्डै एक लाख रुपैंया खर्च गरेर बनाइएको र हाल चालु अवस्थामा रहेको पशु स्वास्थ्य निर्देशनालय स्रोत बताउँछ ।

सो सवारी साधन मौजुदा रहेको भ्याक्सिन ढुवानीका लागि प्रयोग हुने गथ्र्यो । नाम नभन्ने सर्तमा निर्देशनालयका एक कर्मचारीले भन्नुभयो,–‘महालेखाबाट आएका कर्मचारीले गाडी प्रयोग नगर्दा उपर्युक्त हुन्छ भन्नुभएको थियो । अहिले भने महालेखाको प्रतिवेदनमा अर्कैै कुरा लेखिएर आएछ । के गर्नु यस्तै हो ।’

प्रतिक्रिया दिनुहोस्