वन्यजन्तु संरक्षणका लागि कार्यक्रम



चितवन, (नेस)
टाइगर युवा क्लब भरतपुर २७, तेलौलीको आयोजनामा आईतबार भरतपुर २७ र २८ मा पर्ने मेघौली क्षेत्रमा मोटरसाईकल ¥याली निकालिएको छ । ¥यालीका क्रममा बीचबीच बजारमा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

मेघौली प्रवेशद्वारबाट शुरु भएको संरक्षण मोटरसाईकल ¥याली पर्साढाप, धरमपुर, बुद्धनगर, तेलौली, गौतमनगर, साझापुर, शेरुवा, जीतपुर, पर्साढाप बजार हुँदै गोलाघाटसम्म पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । त्यस क्रममा धरमपुर, तेलौली, साझापुर, जीतपुर बजारमा कलाकारहरुले संरक्षण गीत गाएका थिए भने स्थानीय तथा सहभागीहरु नाँचेका थिए ।

¥यालीपछि आयोजित कार्यक्रममा टाईगर युवा क्लबका अध्यक्ष हरिबहादुर आचार्य, भरतपुर २७ का वडा अध्यक्ष गोविन्द तामाङ, २८ का वडा अध्यक्ष आशबहादुर कुमाल, मेघौली उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद अधिकारी लगायतले वन्यजन्तु बचाउन सके मात्रै यहाँको विकास हुने बताए । उनीहरुले वन र वन्यजन्तु कसैको व्यक्तिगत सम्पत्ति नभएर यी सबै पृथ्वीका साझा भएको बताउँदै संरक्षणमा सबै क्षेत्र लाग्नुपर्ने उनीहरुको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्