कोष्टारिका विरुद्ध सर्वियाको जीत



एजेन्सी, रसिया ।
रसियामा जारी विश्व कप २०१८ को प्रतियोगितामा सर्वियाले कोष्टारिकालाई १–० गोल अन्तरले पराजित गरेको छ । समूह इको तर्फबाट कोस्टारिका र सर्विया बिच समरा एरेनामा भएको खेलमा सर्वियाको जीत भएको हो ।

खेलको ५६ औँ मिनेटमा फ्रि किकको राम्रो सदुपयोग गर्दै सर्वियाका खेलाडी अलेक्सण्डर कोलारोभले गोल गरेका हुन् ।

सर्विया ८ वर्षपछि विश्वकपमा फर्किएको छ । विश्व कप यात्रामा यी दुई टोलीको भेट पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्