अब पेट्रोल प्रति लिटर १ सय १० रुपियाँमै



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागुहुने गरी इन्धनको मुल्यमा हेरफेर गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि इन्धनको मुल्यमा हेरफेर गरेको निगमले जनाएको छ ।

‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा घटेको छ। भने खाना पकाउने ग्यासको मुल्य भने यथावतै राखेको जनाएको छ । निगमले पेट्रोलमा ३ र डिजेल/मटितेलमा २/२ रुपैयाँ घटेको जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२र९२ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। हाल हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १ सय रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १।०७५ अमेरिकी डलर छ।

एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ। मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले बताए। यसअघि निगमको घाटा १८ करोड ६२ लाख रहेको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्