शाहरूखले पाएनन् हिरोइन



बलिउडमा कुनै समय शाहरूख खान, सलमान खान, अमिर खानजस्ता अभिनेतासँग काम गर्न भनेपछि कुनै पनि हिरोइन मरिहत्ते गर्थे। तर अहिले समय फेरिएको छ। उनीहरूले आफूहरू स्टारडममा हिरोभन्दा कम नभएको छनक दिइरहेका छन्।

त्यसैले उनीहरूले कुनै पनि फिल्ममा साइन गर्नुअगाडि राम्रोसँग सोच विचार पुर्याउन थालेको देखिन्छ। यही कारण अभिनेता शाहरूख खानले आफ्नो फिल्मका लागि कुनै पनि हिरोइन पाउन सकेका छैनन्।

उनी हाल भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा आधारित फिल्म बनाउन लागिरहेका छन्। तर उनले निर्माण गर्न लागिरहेको बायोपिक सल्युटमा महिलाको भूमिका निर्वाह गर्न कुनै अभिनेतृ राजी नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

फिल्ममा राकेशको भूमिकामा शाहरूख आफैं छन्। तर आश्चर्यको कुरा के छ भने उनकी पत्नीको भूमिका निर्वाह गर्नका लागि बलिउडका कुनै पनि ‘ए’ लिस्टर अभिनेतृ तयार छैनन्।

रिपोर्टअनुसार यस भूमिकाका लागि अभिनेतृ करिना कपुर तथा प्रियंका चोपडालाई भनिए पनि उनीहरूले पुरुष पात्रको अगाडि आफ्नो भूमिका दबिने महसुुस गरेर फिल्म अस्वीकार गरेका थिए।

‘ए’ लिस्टर हिरोइनले काम गर्न अस्वीकार गरेपछि अब महिलाको भूमिका नै हटाउने वा नयाँ हिरोइनलाई भए पनि लिने भन्ने कुरा चलिरहेको समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्