प्लेयर्स टु वाच: नेयमार जुनियर



(ब्राजिल)
बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) मा कीर्तिमानी रकममा अनुबन्धित भएका चर्चित ब्राजिलियन स्ट्राइकर हुन् नेयमार जुनियर। ५ फिट ९ इन्च उचाइ भएका २६ वर्षीय नेयमार ब्राजिलियन टिमका मुख्य खेलाडी हुन्। स्ट्राइकरको भूमिकामा उनीलाई सधैं विपक्षी टिमका रक्षापंक्तिको टाउको दुखाइका रूपमा हेरिन्छ।

सन् २००९ देखि ब्राजिलको सन्तोस क्लबबाट फुटबल करियरको थालनी गरेका उनी त्यसपछि बार्सिलोना हुँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका हुन्। यस क्रममा उनले पीएसजीबाट २० खेलमा १९ गोल गरेका छन्। तर, खुट्टामा चोट लागेपछि भने उनले ३ महिना फुटबलबाट विश्राम लिएका थिए। नेयमार सन् २०१० देखि ब्राजिलको राष्ट्रिय टोलीमा अटाउँदै आएका प्रमुख खेलाडी हुन्। यस क्रममा नेयमारले राष्ट्रिय टोलीबाट ८५ म्याचमा ५५ गोल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्