मेसी फेरि पनि पेनाल्टीमा चुके



मस्को, (एजेन्सी)
लियोनल मेसीले स्पार्टक स्टेडियममा पेनाल्टी हान्न शुरु गरे। अर्जेन्टिनी समर्थकहरू मेसी मेसी भनेर लयमा चिच्याइरहेका थिए। उनकै बायाँपट्टि स्टेडियमको भीआईपी बक्समा डिएगो म्याराडोना सन ग्लास लगाएर हेरिरहेका थिए। मेसीले नियमित झै दौडेर पेनाल्टी हान्न तम्से। शायद हरेकले उनले गोल गर्ने अपेक्षा राखेका होलान्। मेसीले अर्जेन्टिनाका लागि ६५औं गोल गर्ला भन्ने उनीहरूलाई लागेको थियो।

मेसीले पनि सोचे होलान् गोल गरेर आफ्नो टोलीलाई २–१ को अग्रतामा पुर्याउने भनेर। तर केही भएन उनको पेनाल्टी किकलाई आइसल्यान्डका अग्ला कदका गोलकिपरले बचाइदिए। अन्तिममा फ्रिकिक प्रहार पनि मेसीको खेर गएको थियो। फेरि एकपटक मेसीका लागि दुस्वप्न आउन थालेको छ। उनले अर्जेन्टिनाका लागि चार प्रमुख फाइनल खेलिसके तर सबैमा हार बेहोरेको छ। भाग्य उनको साथ रहेन फेरि। उनले गोल गरेर क्रिस्टियानो रोनाल्डो झै हिरो बन्ने अवसर गुमाए।

मेसीले २०१६ कोपा अमेरिका फाइनलमा पनि अर्जेन्टिनाका लागि पेनाल्टी शुटआउटमा गोल गर्न सकेका थिएनन्। जसले गर्दा अर्जेन्टिना चिलीसँग हारेको थियो। मेसीले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। पछि सन्यास फिर्ता लिएर खेल्न आएका मेसीले सम्भवत अन्तिम विश्वकपमा राम्रो शुरुआत गर्न सकेनन्। यद्दपि आइसल्यान्डसँग अर्जेन्टिनाले १–१ बराबरी खेले पनि सोचेजस्तो अर्जेन्टिनाको शुरुआत भएन।

तुलनात्मक रुपमा क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध वान म्यान आर्मीको झै प्रदर्शन गरेर क्रेडिट लिएका छन्। दुवैजना विश्वका उत्कृष्ट खेलाडी हुन्। तर रोनाल्डोले ≈याट्रिक गरेर विश्वकपमा सानदार शुरुआत लिएका छन्। उनकै कारण पोर्चुगल र स्पेनबीचको सोचीमा भएको खेल जारी विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट खेलमा परिचित गराएको छ।
तर मेसीले आइसल्यान्डविरुद्ध खराब त खेलेको थिएन। उनले मात्र टोलीलाई माथि उठाउन नसकेको हो। उनी पनि आफ्नो स्तर नजिक पनि पुगेनन्। उनी अहिलेसम्म बार्सिलोनाकै लागि विश्वका उत्कृष्ट खेलाडी नै बनिरहेका छन्। अर्जेन्टिनाका लागि उनी यो स्तरमा अहिलेसम्म पुगेका छैनन्। यो प्रदर्शन पछि अर्जेन्टिनाी फुटबलमा उनको योगदान कति भन्नेमा फेरि विवाद शुरु हुन सक्छ। त्यसो त विश्वकपमा छनोट हुन मेसीले नै अर्जेन्टिनाका लागि ≈याट्रिक गरेका थिए। तर बार्सिलोनाका लागि खेल्दा उनलाई कसैले छुन सक्दैनन्।

अग्युरोले अग्रता दिलाए

मेसीले पेनाल्टी गुमाउनुअगाडि सर्जियो अग्युरोले गोल गरेका थिए। उनले १९औं मिनेटमा मार्कोस रोजोको क्रसलाई नियन्त्रणमा राखेर गोल गरे। उनको प्रहारलाई आइसल्यान्डका गोलकिपर हालडर्सनले बचाउन सकेन। त्यस्तै अग्वेरोकोे यो विश्वकपमा पहिलो गोल थियो भने पूर्व ज्वाईँको गोलमा म्याराडोनाको अनुहारमा खुशी थियो। तर अर्जेन्टिनाले पहिलो गोलको पुरै फाइदा लिन सकेन। ५ मिनेटपछि नै आइसल्यान्डका अल्फ्रेड फिनबोगासनले बराबरी गोल फर्काए। यो युरो २०१६ मा झै भयो। इंग्ल्यान्डले गोल गर्दा छिटै आइसल्यान्डले गोल फर्काएर जित हात पारेको थियो। युरोमा इतिहास रचेको आइसल्यान्डले विश्वकपमा पनि इतिहास रच्दै छ।

प्रतिक्रिया दिनुहोस्