यस्तो पनि भयो  



– सन् १९५० को चौथो विश्वकप फुटबल प्रतियोगिताका लागि भारत एसिया क्षेत्रबाट छनोट भएको थियो। तर, आर्थिक एवं अन्य कारण देखाएर प्रतियोगितामा सहभागी भएन। सन् १९६६ देखि १९७८ सम्मका आठौं, नवौं, दसौं तथा एघारौं विश्वकप फुटबलको पहिलो खेल गोलरहित समाप्त भएको थियो।
– उरुग्वेका खेलाडी ओड्रेड र उनका छोराले सन् १९५० को विश्वकप फाइनलमा उरुग्वेको तर्फबाट खेलेका थिए। बाबु–छोरा एकै खेलमा समावेश भएको यो पहिलो अवसर थियो। ब्राजिलसँगको उक्त खेलमा उरुग्वेले ब्राजिललाई २–१ गोलले जितेपछि ब्राजिलमा राष्ट्रिय शोक मनाइएको थियो। त्यो फाइनल खेल हेर्न ६० जना दर्शक रंगशालामा बेहोस भएका थिए भने खेल हेर्ने र रेडियो कमेन्ट्री सुन्ने ७ जनाको तत्काल निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्