ब्राजिल दाग मेटाउने अभियानमा



ब्राजिल

विश्वकप यात्रा
दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्व फुटबलको बादशाह मानिन्छ। ब्राजिल रुस विश्वकपमा छनोट हुने पहिलो टोली हो। ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रको छनोटमा एक खेलमा मात्रै पराजय बेहोरेको थियो।

ब्राजिलको टोली टिटेले सम्हालेपछि उत्कृष्ट खेल पस्कँदै ब्राजिल रुस विश्वकपमा छनोट भएको थियो। विश्वकप ५ पटक जितेर कीर्तिमान राख्ने ब्राजिल अहिलेसम्म हरेक विश्वकप खेल्ने एक्लो टोली हो। पहेलो जर्सीले पछिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले हारेको कालो दाग मेटाउन अभियानमा हुनेछ यस विश्वकपमा।

महत्वपूर्ण खेलाडी
नेयमार ब्राजिलका सुपर स्टार हुन्। उनले छनोट चरणका खेलमा ६ गोल गर्दै ८ अवसर सिर्जना गरेका थिए। चोटका कारण ३ महिना मैदानबाहिर रहेका उनले आइतबार क्रोसियाविरुद्धको खेलमार्फत कमब्याक गरेका छन्। उक्त खेलमा उनले उत्कृष्ट गोलसमेत गरेका थिए। यस्तै ग्राबियल जिसस ब्राजिलका अर्का प्रतिभावान् युवा खेलाडी हुन्। उनले ब्राजिलबाट १६ खेल खेल्दै ९ गोल गरिसकेका छन्। स्टार खेलाडीले भरिएको ब्राजिलियन टोलीमा काउन्टिहो, पाउलिन्हो, विलियन, कासिमिरो जस्ता मिडफिल्डर छन्।

पछिल्लो विश्वकप ः
सेमी फाइनल, ब्राजिल २०१४
उत्कृष्ट प्रर्दशनः
विश्वविजेता (१९५८, १९६२, १९७०, १९९४ र २००२)
म्यानेजरः टिटे
हालको फिफा वरियताः २
सम्भावित फर्मेसनः ४–३–३

स्विजरल्यान्ड

पछिल्लो विश्वकप
अन्तिम १६, ब्राजिल २०१४
उत्कृष्ट प्रदर्शन ः क्वार्टरफाइनल, १९३४, १९३८, र १९५४
म्यानेजर ः भ्लादिमिर
पेटकोभिच
क्याप्टेन ः स्टिफन लिचस्टिनर
हालको फिफा वरीयताः ६
सम्भावित फर्मेसन ः ४–२–३–१

विश्वकप यात्रा

भ्लादिमिर पेचकोभिच र उनको टिमले छनोट चरणमा निकै राम्रो प्रदर्शन गरेको थियो। स्विजरल्यान्डले पोर्चुगललाई समेत हराएको थियो। यद्यपि स्विजरल्यान्ड समूह उपविजेता बन्यो र उत्तरी आयरल्यान्डलाई प्लेअफमा हराएर विश्वकपमा स्थान बनायो। स्विजरल्यान्ड चौथोपटक विश्वकपमा छनोट भएको हो।

महत्वपूर्ण खेलाडी
ग्रेनिट साका स्विजरल्यान्डको मिडफिल्डका मुख्य हतियार हुन्। आर्सेनलका मिडफिल्डरले छनोट चरणमा थुप्रै उत्कृष्ट पास उपलब्ध गराएका थिए। २५ वर्षीय उनले ९० प्रतिशत पास गोलका लागि उपलब्ध गराएका थिए। सेरडन साकिरी गोल गर्न सक्ने क्षमता भएका खेलाडी हुन्। अर्मबान्ड र स्टिफनले रक्षा पंक्तिमा महत्वपूर्ण भूमिका निभाउने छन्। विश्वकपमा स्विजरल्यान्डका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्