छानविन माग



जेनेभा,(एजेन्सी)
संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले काश्मिरको विवादित क्षेत्रमा भएको मानवअधिकार उल्लंघनको स्वतन्त्र छानविन गर्न आव्हान गरेको छ ।

उक्त कार्यालयले तयार पारेको प्रतिवेदन काश्मिरमा भएका मानवअधिकार उल्लंघनका घटनाहरुबारे समेत उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघले काश्मिरबारे पहिलो पटक यसे प्रकारको प्रतिवेदन तयार पारेको हो ।

यो प्रतिवेदन सन् २०१६ जुलाईमा लडाकु समुह हिज्बुल्ला मुजाहिद्धिनका कमाण्डर २२ वर्षीया बुरहान बानीको हत्यापछि भारतीय सुरक्षाकर्मीबाट भएको ज्यादतीसँग सम्बन्धित रहेको छ । काश्मीर भारत र पाकिस्तान प्रशासित क्षेत्रका रुपमा विभाजित छ ।

प्रतिक्रिया दिनुहोस्