कलकत्तामा नेपालको निबन्ध



भारतको कलकत्ता इन्टरनेसनल चिल्ड्रेन थिएटर फेस्टिबलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक उपियाँको निबन्ध मञ्चन हुने भएको छ।
थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) को नाटक आगामी सोमबार कलकत्तास्थित पश्चिम बंगालको एकेडेमी अफ फाइन आर्टको हलमा मञ्चन हुनेछ। कलकत्ताको नाट्य संस्था एसो नाटक सिखीले आयोजना गर्ने महोत्सव आइतबारदेखि ५ दिनसम्म चल्नेछ। नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंकालगायत ८ देश सहभागी हुने महोत्सवमा १६ नाटक मञ्चन हुनेछन्। फेस्टिभलमा नाटक उपियाँको निबन्धको ४०औं मञ्चन हुनेछ। यसअघि प्रेरणा विद्याश्रमले नै २०६८ मा रुसी सांस्कृतिक केन्द्र र शैली थिएटरको राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो।

स्कुले परिवेशको कथालाई हास्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको नाटक उपियाँको निबन्धमा लौरी बोकेर कक्षा लिने नेपाली शिक्षकले नमुनाका रूपमा लेखिदिएको उपियाँँ शीर्षकको निबन्ध लेखिदिन्छन्। त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ। कोलकातामा प्रेरणा विद्याश्रमका विद्यार्थी सकिना, किर्ती, जब्बु, सर्जिला, दिया, योगेश, एलेक्स, आयुष, अडिन, कृष्णा, रोनिक महर्जन, निर्देश केसी र लुमन्ती डंगोलले अभिनय गर्नेछन्। नेपालबाट गार्डेन थिएटरको चे शंकर निर्देशित नाटक मिस्टर फक्स एन्ड स्कुल ब्वाइ पनि महोत्सवमा देखाइँदैछ।

प्रतिक्रिया दिनुहोस्