नाजी झण्डा



सिडनी ,(एजेन्सी)
अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोम टर्नवुलले अफगानिस्तानमा एउटा अष्टे«लियाली सैनिक सवारी साधनमा स्वस्तिक चिन्ह भएके नाजी झण्डा फहराएको तस्वीरलाई लिएर कडा आलोचना गरेका छन् ।

उनले सन् २००७ को मिसनमा भएको यस घटना अत्यन्तै अस्विकार्य भएके टिप्पणी गरेका छन् । सैनिक अधिकारीहरुले कमान्डिंग अफिसरहरुले हस्तक्षेप गर्नु अघि केहिवेर नाजी झण्डा फहराइएको स्विकारेकाछन् । यस घटनामा संलग्नहरुलाई नसिहत दिइसकेको छ । अष्ट्रलियन ब्रोडकास्टिंग कर्पोरेसनले विहिवार तस्वीर प्राप्त गरेको थियो । नवनाजिवादलाई प्रश्रय गर्नु भन्दा ठट्टा गर्ने उद्देश्यले यो घटना घटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्