तेमालमा नृत्य प्रतियोगिता



तेमाल, (नेस)। तेमालको तेमाल गाउँपालिका वडा नं. २ मा रहेका विद्याललाई समेटेर तेमाल–२ सस्र्युंखर्कमा प्राविस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ। कलाकार, निर्देशक, नाट्यकर्मी महासंघ काभ्रे र राष्ट्रिय संगीतकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय प्रथम तथा सर्वोद्धार मावि द्वितीय र जनउद्धार आधारभूत विद्यालय तृतीय भए।

प्रतिक्रिया दिनुहोस्