विश्वकप २०१८ को उद्घाटन समारोहको लाइभ भिडियो



काठमाडाखैं । आफ्नो भूमिमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपका लागि रसियाले भब्य तयारी गरेको छ । भर्खरैबाट शुरू भएकाे विश्व फुटबलको महाकुम्भको उद्घाटन समारोह निक्कै उत्साहजनक देखीएकाे छ ।

विश्वब्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिने कार्यक्रम छ । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् ।

विश्वकपको ट्रफी, जसलाई जित्नका लागि ३२ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्, दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा भित्राउनेछन् ।

द्घाटन समारोहका प्रस्तुतीहरु रसियाको च्यानल वनले निर्माण गरेको हो । तीन वर्षअघिको खेल तालिका सार्वजनिक कार्यक्रम देखि विश्वकपको सन्दर्भमा भएका र जुलाई १५ सम्म हुने सबै कार्यक्रमहरुको डिजाइन फेलिक्स मिखाइलोभले गरेका हुन् ।

रुसको राजधानी मस्कोमा अवस्थित यस रंगशाला यस विश्वकपकै सबैभन्दा शानदार र प्रतिष्ठित रंगशाला किन पनि हो भने, यहाँ विश्वकप फाइनल खेल आयोजना हुनेछ ।
लाइभ भिडियाे यहाँ हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्