इद पर्वमा गाउँपालिका अध्यक्षले दिए स्थानीय विदा



नेपाल समाचारपत्र, भद्रपुर ।
मुश्लिम जातीको मुख्य चाडको रुपमा रहेको इद (इदूलफित्र) को दिन प्रदेश सरकारले विदा कटौती गरेको भन्दै गाउँपालिका अध्यक्षले आपत्ती जनाएका छन् ।

हाम्रो एकमात्र मुख्य चाडलाई हेला गरेर सम्पूर्ण मुश्लिममाथि अन्याय गरेको भन्दै झापाको कचनकवल गाउपालिका प्रमुख अन्जार आलमले आपत्ती जनाएका हुन् ।

प्रदेश सरकारले विदा कटौती गरेपनि पर्वको अवसरमा शुक्रबार कचनकवल गाउँपालिकाभरी स्थानीय विदा दिएको उनले जनाए । यो सरकारले सारै नराम्रो काम गर्यो ,वर्षभरी हाम्रो एउटा चाड त्यो पनि कटौती गरेर के गरेको भन्दै आक्रोस पोखेका थिए ।

सरकारले यस्को विषयमा तत्काल वैठक बसेर विदा दिने निर्णय गर्नका लागि प्रदेशका मुख्य मन्त्री शेरधन राइसँग अनुरोध गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्