‘प्रचण्डले जनयुद्धको धावनमार्ग भत्काए’



काठमाडौं, (नेस) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाउनुभएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिपरेको बताउनुभयो । ‘प्रचण्ड जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तत्कालीन एमालेमा प्रवेश गर्नुभयो,’ किराँतीले भन्नुभयो ‘हामी त्यसलाई पुननिर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बाोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यका साथ अघि बढेका छौं ।’

अध्यक्ष किराँतीले भारतको तर्फबाट सिमानामा ज्यादती गरेको भन्दै सिमानामा पर्खाल लगाउन सरकारसँग माग गर्नुभएको छ । पार्टी उपाध्यक्ष तिलक थापा मगरले वास्तविक कम्युनिस्टको पार्टीको रुपमा यो पार्टीलाई लिएर जाने बताउनुभयो । उहाँले अरु पार्टीसँग असन्तुस्ट भएका नेता तथा कार्यकर्ताहरु पनि आफ्नो पार्टीमा आउने दावी गर्नुभएको छ । मंगलबार राजधानीमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्