माछाको अद्भूत संघर्ष



बेइजिङ, (एजेन्सी)
जिउँदै उमालिन लागेका एउटा क्रेफिसको ज्यान जागाउने दृढताको कारण अन्ततः त्यो इन्टरनेट हिरो बन्न सफल भएको छ। मात्र ११ सेकेन्ड लामो भिडियोमा त्यस माछालाई उम्लिँदै गरेको सुपको भाँडोको किनारमा देखिन्छ।

तातो सुपको पोलाइबाट जोगिएर भाग्ने संघर्षको क्रममा त्यसले आफ्नो खुट्टा नै छोडेर गएको र त्यो खुट्टा सुपमा उम्लिरहेको देखिन्छ। चीनको जिउके नामक वेइवो युजरले सो भिडिायो पोस्ट गरेवापत निकै लोकप्रियता र सम्मान बटुलेका छन्। उनले क्रेफिसलाई जीवन दान दिँदै अहिले आफ्नो घरमा पालिराखेका छन्।

प्रतिक्रिया दिनुहोस्