ल्याइँदै छ स्याटलाइट अकाउन्टिङ सिस्टम



दीपेन्द्र थापा, काठमाडौं
स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पहिचान गर्नका लागि ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ लागू गर्ने भएको छ।
आर्थिक वर्ष २०७५÷०७६ बाट उक्त प्रणाली लागू गरेर एक वर्षभित्रै परिणाम निकाल्ने गरी मन्त्रालयले तयारी गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभयो। उक्त प्रणाली लागू भएपछि अर्थतन्त्र र कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानको सही तथ्यांक प्राप्त हुने उहाँको दाबी छ।

‘यस प्रणालीबाट संकलन गरिएको तथ्याङ्क सार्वजनिक हुने बित्तिकै मुलुकभित्र सबैभन्दा बढी रोजगारी सिर्जना गरिरहेको क्षेत्र पर्यटन हुने खुलासा हुनेछ।’ –मन्त्री अधिकारीले ठोकुवा गर्नुभयो।उहाँले पर्यटन क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान पु¥याउने गरी मन्त्रालयको काम गरिरहेको समेत बताउनुभयो।मन्त्री अधिकारीले बिहीबार चन्द्रागिरी हिल्समा आयोजित पर्यटन क्षेत्रको विज्ञ भेलालाई सम्बोधन गदै पर्यटन क्षेत्रको कुल ग्रास्त उत्पादनमा कति मात्रामा योग्दान रहेको छ भन्ने पहिचान गर्न सरकारले तयारी थालेको बताउनुभयो।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रबाट नेपालले गुणात्मक फड्को मार्न नसकेको बताउँदै सरकार तीव्र पूर्वाधार विस्तारमा लागेको प्रस्ट पार्नुभयो। निजी क्षेत्रको सहकार्यबाट नै सरकारले आर्थिक विकास गर्न सम्भव रहेकोले उक्त निजी क्षेत्रसँग सहकार्य गरेरै अगाडि बढ्ने उहाँको धारणा छ। मन्त्री अधिकारी व्यावसायीहरूलाई सरकारले तोकेको करको दायरमा आएर नियमसंगत् कर तिर्न आग्रह गर्दै भन्नुभयो– ‘तपाईंहरूले कानुनसम्मत तरिकाले सरकारले तोकेको कर तिर्नुस्, अरू काम भने म गर्दै जानेछु’। हाल पर्यटन क्षेत्रको २ दशमलव ८ प्रतिशतमात्र योग्दान रहेको छ। त्यसमा होटल, ट्राभल, ट्रक आदि रहेका छन्।

उक्त प्रणाली लागू गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘पर्यटन क्षेत्रभित्रका विभिन्न कार्यक्रम राखी यो प्रणाली अगाडि बढाउन लागिएको छ। उहाँका अनुसार यो मूल्यतः पर्यटन क्षेत्रमा कुन–कुन क्षेत्रबाट कति–कति योगदान भएको छ भनेर गणना गर्ने पद्धति हो। पर्यटन क्षेत्रबाट अहिले अर्थतन्त्रमा त बढीजसो होटल र ट्राभलबाट मात्र गइरहेको अवस्थामा उक्त क्षेत्रभित्रकै अन्य क्षेत्रलाई मुलुकको अर्थतन्त्रसँग जोड्नका लागि सर्भे गर्न लागिएको उपाध्यायको भनाइ छ।

यसका लागि मन्त्रालयले सचिव कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा ५ सदस्य समितिसमेत गठन गरेको छ। समितिमा मन्त्रालयकै योजना महाशाखाका सहसचिव, नेपाल राष्ट्रिय बैंकका प्रतिनिधि, तथ्याङ्क विभागका महानिर्देशक र पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत सदस्य–सचिव रहेका छन्।

सन् २०२० सम्ममा कुल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योग्दान पु¥याउने लक्ष्यका साथ काम गरिरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी त्यस अवधिमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ।
सरकारले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समेत पहिला देश अनि विदेश भन्ने नारा ल्याएर आन्तरिक पर्यटन विस्तारका लागि १ सय नयाँ गन्तव्यको पहिचान गर्ने कार्यक्रम राखेको छ। मन्त्रालयले पर्यटन क्षेत्रको विकासका लागि ४९ सदस्यीय विज्ञ समूह गठन गरी काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्