अव नेपाल प्रहरीमा ५ एआइजी



काठमाडौ । प्रदेश प्रमुखको रुपमा डिआईजीलाई खटाउने भएपछि नेपाल प्रहरीमा अव ५ जना मात्रै एआईजीको दरवन्दी कायम हुने भएको छ । गृह मन्त्री रामबहादुर थापाले ५ जना मात्रै एआईजी राख्ने निर्णयमा हस्ताक्षर गरी प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले तयार पारेको मस्यौदा अव बस्ने मन्त्रिपरिषदले पास गरेपछि नेपाल प्रहरीमा बढुवाको प्रकृया अगाडि बढ्ने भएको छ ।

यस अघि दलका नेताको चित्त बुझाउन नेपाल प्रहरी भित्र १६ जना एआईजीको दरवन्दी कायम गरी बढुवा गरिएको थियो । हुदै नभएको बिषेश पद श्रृजना गरेर बढुवा गरेको कारण प्रहरी प्रधान कार्यालयमा एआईजीलाई ब्यवस्थापन गर्न नसकेपछि प्रहरी महानिरीक्षकको सचिवालयमा २ जना एआईजीलाई राखिएको थियो ।

अहिले नेपाल प्रहरीको संरचनालाई चुस्त र दुरुस्त बनाउन भन्दै अनावश्यक पद खारेज गरी संगठनलाई मजबुत बनाउन ५ जना एआईजी मात्र्रै राख्ने निर्णय भएको गृह प्रवक्ता रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । अहिले पनि केही डिआईजी एआईजीमा बढुवा हुन नेताको घर घरमा धाउन थालेपछि गृह मन्त्रालयले ५ जना एआई मात्रै राख्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केप ीओलीले ९ जना सम्म एआईजीको दरवन्दी कायम गराउन गृह मन्त्री थापालाई पटक पटक दवाव दिनु भएपछि गृह मन्त्री थापाले भने ५ वटा मात्रै दरवन्दी कायम गराउनु भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्