समाचार प्रभावः ८० विद्यार्थी ठगी प्रकरणमा मुछिएका प्रिन्सिपल पक्राउ, विद्यालय खारेज



मोतीराम तिमल्सिना, काभ्रे ।

सिएमए र अनमी अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट बनेपा आएका ८० विद्यार्थी ठगी गर्ने विद्यालय खारेज भएको छ भने विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन् । विद्यालयका मुख्य संचालक शिलाकान्त झा अझै फरार छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ठगीको उजुरी परेको ८ महिना पछि प्रशासनले उनलाई बुधबार राति पक्राउ गरेको हो । नेशनल हेल्थ फाउन्डेशन प्रिन्सिपल सुरज ज्ञवालीलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहको टोलीले पक्राउ गरेको हो । उनि विरुद्ध ८० विद्यार्थी ठगी गरेको उजुरी परेको छ । यस अघि प्रशासनले चासो नदिँदा ८ महिना देखि ज्ञवाली र झा फरार हुँदै आएका थिए ।

एक विद्यार्थीले भने–‘बनेपामा रहेको नेशनल हेल्थ फाउण्डेशनको नाममा विद्यार्थी भर्ना गराएर संचालक सदस्य सचिव शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले दर्ता नै नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटको नाममा झुक्याएर फाराम भरेका रहेछन् ।

बार्षिक १ लाख २० हजारका दरले ९६ लाख रुपैया संकलन गरेर नक्कली कलेज संचालन गरी परिक्षा समेत दिने तयारी गरेका थिए । ८ महिना अघि विद्यार्थीको परिक्षा संचालन हुने समयमा ठगी गरेको जानकारी प्राप्त भएपछि नेपाल समाचार पत्र राष्ट्रिय दैनिकले समाचार प्रकाशन गरेको थियो । सोहि समाचारका आधारमा सिटिईभिटीले छानविन टोली गठन गरेको थियो ।

उक्त कलेजका संचालक झा र प्रिन्सिपल सुरज ज्ञवालीलाई बचाउन राजनीतिक संरक्षण भएको थियो । ‘अध्ययनका लागि दिएको डेड लाख रकम त खाए खाए, हाम्रो वर्ष दिनको समय र भविश्य समेत अन्धकार बनाए’– एक विद्यार्थीले भने–‘बनेपामा रहेको नेशनल हेल्थ फाउण्डेशनको नाममा विद्यार्थी भर्ना गराएर संचालक सदस्य सचिव शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले दर्ता नै नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटको नाममा झुक्याएर फाराम भरेका रहेछन् ।’ ‘ २०७४ कार्तिक २४ गते शुक्रबार देखि शुरु भएको फाईनल परिक्षामा समेत हामी सहभागि हुन पाएनौ’–उनले भने–‘प्रशासन प्रमुख सुरज ज्ञवालीले शुक्रबारको परिक्षा हुन्छ हुन्छ भन्दै आईतबार समेत परिक्षा दिने अवसरबाट बञ्चित गराए ।’

नेशनल हेल्थ फाउण्डेशनले सिएमए र अनमी अध्ययनका लागि ४०/४० जनाको अनुमति प्राप्त गरेको छ । नेशनल हेल्थ फाउण्डेशनले अनुमति भएको भन्दा दोब्बर विद्यार्थीहरु अध्यापन गराउँदै आएको थियो । सोहि इन्ष्टिच्युटमा अध्ययन गरेका मध्ये ८० जनाले बनेपा पोलिटेक्निक स्कुलमा भएको परिक्षामा सहभागि हुने अवसर पाए भने बाँकी ८० जना विचल्लीमा परे ।

विचल्लीमा परेका ८० जनालाई संचालक ज्ञवालीले बनेपा नगरपालिका वडा नम्वर ८ स्थित रामकुमार श्रेष्ठको घर भाडामा लिएर परिक्षा संचालनको तयारी गरी प्रवेश पत्र वितरण गरेका थिए । ‘अध्ययन एउटामा प्रवेश पत्र अर्काे इन्ष्टिच्युुटको वितरण गरेपछि शंका लागेर बुझ्दा उल्टै प्रमाणपत्र भए भएन भनेर गाली गर्नु भयो’–एक विद्यार्थीले भने–‘भोलीपल्टको परिक्षा विग्रिने डरले केहि नभनी चुपचाप बस्दा बस्दै ज्ञवाली वेपत्ता भएछन्, झा त केहि महिना अघि देखि नै बाहिर बस्दै आएको थाहा पायौं ।’

सिटिईभिटीमा दर्ता नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटकै नाममा ज्ञवालीले विद्यार्थीको नक्कली हस्ताक्षर गराएका थिए । सिटिईभिटीका कर्मचारीको मिलेमत्तोमा नुवाकोट टेक्निकल इन्ष्टिच्युटको प्रवेश पत्र वितरण गरेका थिए ।

परिक्षा नियन्त्रक दोब्बरलाल सिल्पकारले नुवाकोट टेक्निकल इन्ष्टिच्युट दर्ता पनि नभएको र सोहि विद्यालयबाट विद्यार्थीको रजिस्टेसन समेत नभएको जानकारी दिएका थिए ।

समाचार पछि छानविनका लागि गठित टोलीले कलेज खारेजीको प्रतिवेदन बुझाएको थियो । चालु शैक्षिक सत्रमा विद्यार्थी भर्ना लिन नपाउने गरी सिटिईभिटीले नेशनल हेल्थ फाउण्डेशन खारेजी गरेको सुचना प्रकाशन गरिसकेको छ ।

संस्था पनि किर्ते

नेशनल हेल्थ फाउण्डेशनका नाममा विद्यार्थीलाई ठगि गरिएको छ भने सोहि कलेजका संचालक शिलाकान्त झाले फर्जि हस्ताक्षर गरेर जिल्ला प्रशासनमा संस्था नविकरण गराएका छन् । संस्थामा रहँदै नरहेकी सचिव जया ढुंगाना लगायतको हस्ताक्षर किर्ते गरेर २०७४ असोज २८ गते शनिबार साधारण सभा सम्पन्न गरेको भन्दै झाले विद्यार्थी ठगिको समाचार सार्वजनिक भएकै दिन हतार हतार संस्था नविकरण गराएका थिए । पहिलो पटक नविकरणका लागि आवश्यक कागजात नपुगेपछि दोश्रो पटक तत्कालै झाले वडा कार्यालयको सिफारिस लिएर नविकरण गराएका थिए । उनले संस्थामा रहेका भनिएका अधिकांश ब्यक्तिहरु संस्थामा आवद्ध नभएको बताएका छन् ।

विद्यार्थीले भने–‘हामीसँगै अध्ययन गरेका साथीहरु फाईनल परिक्षा दिईरहेका छन् हामीलाई घुमाउन लगिएको छ ।’

असोज २८ गते साधारण सभा भएको विवरण सहित कार्तिक २७ गते नविकरणका लागि जिल्ला प्रशासन कार्यालयमा फाईल पुगेको थियो । ‘हतार हतार नविकरणका लागि पुगेको टोलीले वडाको सिफारिस नलगेपछि पुनः सिफारिस लगेर नविकरण गरे’–प्रशासनका एक कर्मचारीले भने । २०५३ साल चैत्र २९ गते जिल्ला प्रशासनको ३३४ नम्वरमा दर्ता भएको उक्त संस्थामा अध्यक्ष प्रकाश रजौरीया, सचिव जया ढुंगाना, कोषाध्यक्ष सत्यनारायण यादव रहेका छन् भने कोषाध्यक्ष पुष्पराज खनाल, कन्हैयालाल संघाई, रोशनी अमात्य र मिनु जोशी रहेका छन् । कोटेश्वरमा शाखा कार्यालय राख्ने अनुमति लिएको उक्त संस्थाको मुख्य कार्यालय साविक जनागाल गाविस ८ हो ।

‘ठगी गर्ने संचालकहरुले नै विद्यार्थीहरुलाई अर्काे वर्ष परीक्षा दिने तर कतै उजुरी नगर्ने कागजमा सहि गराएका छन्’–एक विद्यार्थीले भने–‘हामीसँगै अध्ययन गरेका साथीहरु फाईनल परिक्षा दिईरहेका छन् हामीलाई घुमाउन लगिएको छ ।’ संचालकहरुले बन्दी जस्तै गरी मोवाईल फोन समेत सम्पर्क नहुने गरी कसैसँग भेट्न समेत दिएका छैनन ।

‘अभिभावकहरुलाई समेत ठगीका बारेमा कसैलाई उजुरी नगरिदिन अनुरोध गरेका छन्’–विद्यार्थीले भने–‘सिटिईभिटीका कर्मचारीहरुको मिलेमत्तोमा अनुमति पाएको भन्दा दोब्बर विद्यार्थी भर्ना लिएपछि नुवाकोट टेक्निकल इन्ष्टिच्युटका नाममा नक्कली फाराम भराईएको भए पनि रजिष्टर हुन नसक्दा परिक्षाबाट बञ्चित हुनु प¥यो ।’

बार्षिक १ लाख ५० हजारका दरले करोड भन्दा धेरै रुपैया संकलन गरेर फरार भएका संचालकहरु राजनीतिक दलको फेर समातेर ठगीबाट उम्कने प्रयासमा छन् । ‘बनेपामा रहेको नेशनल हेल्थ फाउण्डेशनको नाममा विद्यार्थी भर्ना गराएर संचालक सदस्य सचिव शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले दर्ता नै नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटको नाममा झुक्याएर फाराम भरेका थिए ।

गत शुक्रबार देखि शुरु भएको फाईनल परिक्षामा सहभागि हुन नपाएका विद्यार्थीहरुलाई प्रशासन प्रमुख सुरज ज्ञवालीले परिक्षा हुन्छ हुन्छ भन्दै परिक्षा दिने अवसरबाट बञ्चित गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्