फेरि अनसन बस्ने डा.गोविन्द केसीको चेतावनी



नेपाल समाचारपत्र, काठमाडौँ ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले ६ बुँदे माग राखेर फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

यसअघि भएका विभिन्न सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डाक्टर केसीले आफ्ना मागहरु पूरा नभए आमरण अनसनसहितका आन्दोलनका कार्यक्रमहरु अगाडी सार्ने चेतावनी दिएका हुन ।

बिहीबार उनले एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा अध्यक्षदेश दोस्रो पटक जारी भइसकेपनि उचितरुपमा त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा राजनीतिक दलहरुले आलटाल गरिरहेका आरोप समेत लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ र शिक्षा मन्त्रालयले हचुवामा गरेका चिकित्सा शिक्षासम्बन्धी निर्णयहरुप्रति समेत डाक्टर केसीले ध्यानाकर्षण भएको बताएका छन् ।

डाक्टर केसीले अब कुनै पनि बहानामा चिकित्सा शिक्षा ऐन राक्न नहुने भन्दै डाक्टर केसीले ऐन जनतामुखी हुनुपर्ने माग गरेका छन् । यसअघि स्नातकोत्तर तहपछि छात्रवृत्तिका विद्यार्थीहरुले गर्नुपर्ने अनिवार्य सरकारी सेवाको अवधि ५ वर्ष तोकिएकोमा अब वर्ष हुनुपर्ने, चिकित्सा शिक्षा ऐन जारी हुँदा अनिवार्य सेवाको अवधि २ वर्ष कायम गर्नुपर्ने लगायतका मागहरु अगाडी सार्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्