६३ बर्षे बृद्धलाई विनाकारण तारिक, स्थानीयबासी आक्रोशित



PAKISTANS-FLOODS/SWAT

हिक्मत नेपाली, दैलेख ।
दैलेखको भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका भित्रका केहि वडामा शान्ति सुरक्षा कायम गर्न कुसापानी बजार (पानीपोखरी) मा बसेको प्रहरी चौकीले स्थानीय एक बृद्धलाई अनाश्वयक तारिक बोकाएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । भैरवी गाउँपालिका ५ का ६३ बर्षे बृद्ध मयाराम जैसीलाई तारिक बोकाएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

जनतालाई शान्ति र सुरक्षा प्रदान गर्ने प्रहरीले नै मानव अधिकारको गम्भिर उलंघन गरेको पीडितहरुको आरोप छ । हामीलाई केहि थाहै छैन,एक महिना सम्म बिहान १० बजे आएर तारिक लगाएर जानुपर्छ नत्र जिल्लामा गएर थुनामा बस्नुपर्छ भन्दै प्रहरीले फोन गरेर पत्रकार उदयराज अधिकारकारीका बुवा कृष्णप्रसाद जैसीलाई अनावश्यक तारिक बोकाएपछि पत्रकारहरुले समेत प्रहरीको कार्यको बिरोध जनाएका छन् । भैरवी गाउँपालिका ५ मा भएको खानेपानीको बिषयमा भएको बिवाद र परेको उजुरीमा नामै नभएका व्यक्ति कृष्णप्रसाद जैसीलाई कुसापानी प्रहरीले राजनीतिक पुर्वाग्राही राखेर अनावश्यक तारिकमा बोलाएको हो । आफु र आफ्नो परिवारको मानवअधिकार हनन् भएको भन्दै कृष्णप्रसाद जैसीले स्थानीय संचारकर्मीहरुसँग अधिकार रक्षाको माग गरेका छन् । सोहि घटनाको जिल्ला प्रहरी कार्यालयमा छलफल हुँदा जिल्ला प्रहरी कार्यालय भित्र प्रहरीहरुले समेत आफुलाई कुन पार्टीको होस् भनी राजनीतिक सोध्ने गरेको पिडित जैसीले बताए । जिल्ला सरकारी वकिल कार्यालयका वकिल कौशल ढुंगानाको भनसुनको आधारमा प्रहरीले हामीलाई अनाहकमै दुःख दियो, पिडित जैसीले भने ।

यस्तो थियो घटना

गत जेष्ठ १४ गते भैरवी गाउँपालिका ५ मा पानीको बिषयमा भएको विवाद समाधान गर्नका लागि कुसापनी प्रहरी चौकीबाट प्रहरी हवल्दार गजेन्द्र नारायण यादवको नेतृत्वमा प्रहरी छलफलका लागि गाउँ पुगेको थियो । खानेपानिको मुहानको बिवाद भएको मयाराम जैसीको घरमा आएको पानीको धारा काटिएपछि जैसीले आफ्नो जग्गाभित्रको पानी घरमा लिन खोजेका थिए । गाउँका अन्य नागरिकहरुसँग यो बिषयमा बिवाद भएको थियो जैसी भन्छन्, मैले खानेपानी पाउनुपर्छ भन्दा हवल्दारले ‘तपाँई धेरै नबोल्नुहोस् भनेर धकेलिदिए, ओरालो थियो म केही तल गएर रुखमा ठोकिँए, मलाई अन्याय भएको भन्दै मेरो परिवारले प्रहरीसँग बिवाद गरिन्, घटना यती हो, तर प्रहरी हामि प्रति निकै पुर्वाग्राही भएर प्रस्तुत भयो, पिडित मयाराम जैसीले भने । अनाहकमै म र कृष्णप्रसाद जैसीलाई एकदिन कुसापानी चौकिमा ल्याएर थुनामा राखेको उनले बताए ।

पानिको बिषयमा पुरुलाल जैसीले खानेपानी नदिएको भन्दै कुसापानी प्रहरीमा उजुरी दर्ता गराए । प्रहरीले जिल्ला प्रहरीकार्यालयमा छलफलका लागि बोलायो । सरकारी वकीलको रोहवरमा मुद्धाको मिलापत्र भएर घर गए । तर प्रहरीले शनिवार मयाराम जैसी, उनकी श्रीमती र कृष्णप्रसाद जैसीलाई तारिक लिन आउने नत्र थुनामा बस्नु पर्ला भन्दै फोन गरेर बोलायो ।

यसरी असुरक्षित भए, पत्रकार परिवार

दैलेखको स्थानीय धमाका दैनिक पत्रिकामा पाँच बर्षदेखि संवाददाताको रुपमा काम गरिरहेका पत्रकार उदयराज अधिकारी अहिले थाहा खवरको दैलेख जिल्ला संवाददाता हुन् । गत कातिकमा तिहारको बेला टिका लगाउन घर गएका उनी त्यतीवेलै अन्यायमा परे, स्थानीय झलक बि.क.,धर्म बि.क., बिरजित बि.क.लगायतको समुहले मदिरा सेवन गरी अधिकारीको घरमा ढुँङ्गामुढा प्रहार गरे, के भयो भनेर घरबाट बाहिर निस्केका उदयराज अधिकारीमाथि युवाहरुको समुहले आक्रमण समेत ग¥यो ।

उनले बोकेको क्यामेरा समेत खोसेर फुटाईयो । गाउँघरको कुरा ठूलो बनाउनु हुँदैन भनेर उनको परिवारले सामान्य निवेदन दर्ता गरायो तर निवेदनमाथि पनि सुनुवाई हुन सकेन् । अहिले त्यहाँका अन्य युवाहरुले व्यक्तिगत र राजनीतिक रुपमा पुर्वाग्राही भएर घर परिवारलाई समेत बिभिन्न बाहनामा धम्क्याउने गरेका छन् । प्रहरीले सुरक्षा दिन त कता हो कता अन्य बिभिन्न बाहनामा भएका घटनाहरुमा समेत अनावश्यक रुपमा अधिकारीको परिवारलाई तनाव दिने गरेको छ । जेठ १४ गतेको घटनाले पत्रकार अधिकारीका परिवार असुरक्षित हुनु परेको कुरा पुष्ठि गरेको छ । अधिकारीका बुवा कृष्णप्रसाद जैसी घटनामा संलग्न छैनन् । पानीको बिषयलाई लिएर भएको निवेदन दर्तामा कृष्णप्रसादको नाम छैन तर एक महिने तारिखमा प्रहरीले अनावश्य उनलाई मुछेको छ ।

पत्रकार महासंघ र स्थानीय संचार संस्थाहरुको आपत्ति 

घटनाको निश्पक्ष छानवीन गरेर दोषिलाई कारर्बाहीको माग गर्दै पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र के.सी., धमाका दैनिकका सम्पादक एवं पत्रकार महासंघका पुर्व अध्यक्ष बिष्णु शर्मा सहितको टोलिले कसैलाई पनि अन्याय नहुने गरि छानवीन गरियोस भनेर बारम्वार मौखिक जानकारी दिँदा समेत प्रहरीले वास्था नगरेको भन्दै आपत्ति जनाउँदै आएका छन् । प्रहरीबाटै पीडित व्यक्तिहरु असुरक्षित भएको प्रति संस्थागत रुपमै अब आन्दोलन चर्काउने तयारीमा छौ,ं अध्यक्ष के.सी.ले भने । कुसापानी प्रहरी चौकीका सई र हवल्दारले राजनीतिक दुस्मनी साँधेर पत्रकारका परिवारलाई अनावश्यक समस्यामा पारेको धमाका दैनिकका सम्पादक बिष्णु शर्माले बताए । सम्वन्धित निकायहरुले यसवारे छानवीन गरि प्रहरीलाई समेत कारवाही गर्नुपर्ने उनको माग छ ।

यसो भन्छन, निमित्त प्रहरी प्रमुख

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरिक्षक बजिरंिह बिष्टले आफु यस घटनाबारे जानकारी नभएको बताएका छन् । केहि दिन अघि मात्र सुरुवा भई दैलेख आएका प्रहरी निरिक्षक विष्टले घटनाबारे जानकार नभएको बताउदै बास्तवीकता बुझेर आवश्यक पिडितलाई न्याय र पिडकलाई कार्बाही गर्ने प्रतिबद्धता जनाए । “जनतालाई शान्ति सुरक्षा दिने हाम्रो दायित्व हो, सत्यतथ्य छानविन गरेर आवश्यक पक्रिया अगाडी बढाउछौ” प्रहरी निरिक्षक विष्टले भने ।

प्रतिक्रिया दिनुहोस्