‘जम्बो’ पनि कस्तो खल्लो !



तत्कालीन एमाले अध्यक्ष ओलीले निर्वाचनताका धेरै प्रतिबद्धता जनाएको जगजायर छ, प्रष्ट्¥याइरहनुपर्दैन होला। तर केही स्मरण गर्न मन लाग्यो। ‘आफ्नो सरकारले यसो गर्छ, उसो गर्छ, धेरै गर्छ, फलानाको जस्तो विकृति कुनै हालतमा दोहो¥यँउँदै दोहो¥याउँदैन’ जस्ता अनेक थरी प्रतिबद्धता थिए उनका।

निर्वाचनपछि आफैं सरकारको नेतृत्वमा छन् उनी। उनका प्रतिबद्धता एकातिर, उनी अर्कैतिर दौडिएका छन्। वृद्धभत्ता बढाएर खैं कति हजार पु¥याउने, मन्त्री परिषद्मा उप–प्रधानमन्त्रीहरूको जम्बो टोली नराख्नेजस्ता प्रतिबद्धता ओली आफैंले लत्याएका छन्। ठूलै चर्चाका बीच बजेट आयो, वृद्ध भत्ता बढ्या खबर आएन, बरु शुक्रबार एकैदिन दुई उप–प्रधानमन्त्री बने।

‘जाबो दुई जना उप–प्रधानमन्त्री राख्दा म विरुद्ध खनिने, दुई जनाको पनि कहीँ जम्बो टोली हुन्छ, वाइयात तर्क।’ –अब केही दिन भित्रैमा कुनै सार्वजनिक कार्यक्रममा कम्रेड ओलीले यस्तो भन्न बेर छैन। तर कमल थापा र गच्छदार अहिले उप–प्रधानमन्त्री नभएर होला मन्त्रिपरिषद् कता–कता के–के नमिल्या झै लाग्न थाल्या छ धरहरालाई। धेरै मन्त्रीहरूलाई त त्यस्तै लाग्न थाल्यो रे, ओलीज्यूलाई त्यस्तो लाग्दैन र ?

प्रतिक्रिया दिनुहोस्