प्रियंका १० वर्ष कान्छो हलिउड गायकको प्रेममा



बलिउडबाट हलिउडमा समेत आफ्नो पहिचान बनाइरहेकी नायिका प्रियंका चोपडा हाल आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा छिन्।

एक भारतीय सञ्चारमाध्यमले जनाएअनुसार लामो समयदेखि एक्लो रहेकी प्रियंकाले आफ्नो लागि लभ पार्टनर भेटेकी छिन्। समाचारमा जनाइएअनुसार उनी हाल २५ वर्षीय अमेरीकन गायक निक जोनाससँग डेट गरिरहेकी छिन्। दुवैको केही फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। प्रियंका तथा निक दुवैले आफूबीचको सम्बन्धबारे भने खुलासा गरेका छैनन्।

यस्तै युएस डेलीले दुवैसँग जोडिएको सूत्रलाई उद्धृत गर्दै उनीहरू एक अर्कासँग डेट गरिरहेको र यो सम्बन्ध एकदमै नयाँ भएको पुष्टि गरेको छ। प्रियंका र निक पहिले पनि केहीपटक सँगै सार्वजनिक कार्यक्रममा देखिएका थिए। तर पछिल्लो समय उनको एक नयाँ फोटो पनि आएको छ। जसमा उनीहरू पानीजहाजमा केही साथीहरूबीच सँगै बसिरहेका देखिन्छन्।

प्रियंका आफ्ना प्रेमीका साथ अर्को एक जोडी नजिकै बसेकी छिन्। उक्त फोटो सप्तान्तको हो, जसमा उनीहरू एक अर्कासँग निकै निजकिएको देखिएका छन्। हाल उनीहरू क्यालिर्फोनियामा छन्।

प्रतिक्रिया दिनुहोस्