धर्मगुरु श्रीनिवासाचार्यलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश



मोरङ । आफैं माथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु स्वामी श्रीनिवासाचार्यलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको ईजलासमा भएको बहसपछि उहाँलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश भएको हो ।

स्वामी श्रीनिवासचार्यलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पुर्पक्षकालागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

श्रीनिवासाचार्यको तर्फबाट अधिवक्ता उद्धवचन्द्र घिमिरेले बहस गर्नुभएको थियो । आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । सो क्रममा उहाँले आफुलाई फसाईएको दाबी गर्नुभयो ।

आदेश पछि झुम्का कारागार लाने तयारी गर्दै गर्दा आफू बिरामी भएको बताएपछि आचार्यलाई कोशी अन्चल अस्पताल भर्ना गरिएको छ । आचार्यले आफूलाई सास फेर्न गाह्रो भएको बताएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्