भोलि सार्वजनिक बिदा



काठमाडौं । भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ ।

गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते बिदा दिने निर्णय गरेको हो । प्रदेश ५ काेक सरकारले तीन दिनसम्म दिपावली गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेकाे छ ।

सार्वजनिक बिदाका कारण सरकारी काम प्रभाबित भएकाे भन्दै केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेकाे हाे । विभिन्न चाडपर्व तथा दिवसमा दिइँदै अाएकाे बिदा कटाैँती भएकाे छ ।

तर प्रदेश सरकारले केन्द्र सरकारकाे निर्णय बिपरित कटाैँती गरिएका दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यसअघि प्रदेश दुर्इमा केन्द्र सरकारले कटाैती गराएकाे बिदा हटाएर थप सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे । भाेलि अरु जिल्लामा सार्वजनिक बिदा नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्