असारमा चौथो मिस टीन एसईई



स्टार वन इन्टरटेनमेन्टले एसईईका विद्यार्थीलाई लक्षित गर्दै राजधानीमा चौथो संस्करणको मिस टिन एसईई २०१८ आयोजना गर्ने भएको छ। इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाका अनुसार एसईई परीक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतिक्षामा बसेका किशोरीहरूको आत्मविश्वास र व्यक्तित्व विकासका लागि आगामी असार २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।

निरौलाका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धाका लागि राजधानीका विभिन्न विद्यालयबाट एसईई दिएर बसेका इशा कार्की, सोफिया तण्डुकार, रोशिका खनाल, जस्मिन शाह, उच्चता पुनमगर, श्रेया कार्की, सन्ध्या सिग्देल, कुसुम गिरी, जश्मिन थापामगर, निमालमु शेर्पा, जेसिका भण्डारी, रक्षा न्यौपाने, स्नेहा न्यौपाने, येजु तामाङ, यहना राई, सारिका खड्का, कामना घिमिरे, ललिता ओली, अलिसा लामिछाने, प्रिस्मा लुईंटेल, रस्मिता थापा र सोनिया श्रेष्ठ चयन भएका छन्।

प्रतियोगिताको अन्तिम स्पर्धामा सामेल किशोरीलाई नयाँ बानेश्वरस्थित होटल रानीमहलमा विभिन्न क्षेत्रका विज्ञद्वारा व्यक्तित्व विकास, नेतृत्व क्षमता, कलाजस्ता विषयमा प्रशिक्षण दिइरहेको प्रतियोगिताका व्यवस्थापक बालकृष्ण निरौलाले जानकारी दिए। प्रतियोगिता सम्राट शाहको संयोजन र अश्विनी झाको कोरियोग्राफीमा कार्यक्रम सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्