कुलमाान घिसिङले भनेः ३ वर्षमा मुलुक विद्युत्मा आत्मनिर्भर बन्छ



नेपाल समाचारपत्र, लमजुङ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको ३ वर्षमा विद्युतमा मुलुक आत्म निर्भर हुने बताउनु भएको छ । उहाँले लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाटका अवसरमा त्यस्तो बताउनु भएको हो ।

उहाँले मुलुक यतिबेला लोडसेडिङ मुक्त भएको जानकारी दिनु हुँदै देशभर शनिबार सँझको रेकर्ड अनुसार २६९ मेघावाटमात्र विद्युत आयात भएको जानकारी दिदै पिक आवर अर्थात सुख्खा याममा मात्र ४५० मेघावाट आयात गर्नु पर्ने हो तर अब हामी अबको तीनवर्ष भित्र आत्म निर्भर हुन्छौँ भन्नुभयो ।

उहाँले भन्नुभयो, लमजुङमा निर्माणाधिन विद्युतको अवस्था, उत्पादन भैसेकेको विद्युत आयोजना तथा लमजुङ विद्युत उपभोक्ता संस्थाहरूका गतिविधिको निरीक्षण अनुगमनका लागि लमजुङ आएर हिजोदेखि सबै वस्तुस्थिति बुझ्ने काम गरेर फर्कने क्रममा रहेको जानकारी दिनुभयो ।

उहाँले लमजुङका मस्र्याङ्दी करिडोर, ङादी करिडोर र दोर्दी करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणाधिन अवस्थामा रहेका सबै जलविद्युत आयोजनाको अनुगमन निरीक्षण गरेको बताउनु भयो ।

यसैगरी, लमजुङमा क्षण क्षणमा विद्युत जाने समस्या लोडसेडिङ होइन भन्ने प्रष्ट पार्नु हुँदै यो व्यवस्थापनमा देखिएको कमजोरी र केही प्रविधिक कारणले गर्दा हो, हामीले समस्याको पहिचान गरेको छौँ सकेसम्म छिटो यसको निकासको लागि प्रयास गर्छौँ भन्नुभयो ।

सो क्रममा लमजुङ विद्युत उपभोक्ता संस्थाले सामुदायिक विद्युत सेवाको अवधारणा आउनु अघि नै सम्झौता गरेर सेवा सुरु गरेको हुँदा समुदायबाट सञ्चालन गरिए पनि सामुदायिक भन्न मिल्दैन भन्नुभयो ।

उहाँले विद्युत उपभोक्ताका बारेमा जनस्तरबाट आउने गरेका गुनासाहरू हुबहु क्षण क्षणमा विजुली जाने, समयमा मर्मत नहुने, मिटिर खरिदमा प्राधिकरणले निर्धाणर गरेकोभन्दा तेब्बर चौबर बढी रुपैयाँ लिने, सर्भिस चार्ज, विलको सहुलियत नदिने, प्रधिकरणको वक्यौता आदि बारेमा आफू जानकाररहेको बताउनु भयो । यो समस्याका समाधान १÷२ महिनामै हुन्छ उहाँले भन्नुभयो ।

ट्रान्समिसन लाइन निर्माणका बारेमा पत्रकारहरूले राखेको जिज्ञासामा घिसिङले भन्नुभयो, त्यसतर्फ हामी सचेत छौँ, ट्रान्समिसन लाइन निर्माणका लागि टेण्डर भैसकेको छ, निर्माणाधिन आयोजनाले उत्पादन सुुरु गर्नु अघिनै ट्रान्समिसन लाइन बन्छ, चिन्ता गर्नु पर्दैन । उहाँले थप भन्नुभयो ‘कुनै पनि आयोजनाले उत्पादन गर्ने विजुली खेर जान दिदैनौँ, त्यसका लागि विकल्प खोज्नु पर्ने अवस्था पनि छैन ।’

उक्त अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मुलुकभर निजी क्षेत्रले हालसम्म मुलुक भर ७२ आयोजनाबाट ५ सय ११ मेघावाट विद्युत उत्पादन भैरहेको, ९६ वटा आयोजना निर्माणाधिन रहेको र तीबाट २ हजार १ सय ४१ मेघावाट विद्यतु उत्पादन हुने पिपिए गरिएको बताउनु भयो । उहाँका अनुसार विभिन्न २७२ आयोजनाले पिपिए सम्झौता गरी निर्माणका लागि व्यवस्थापनमा जुटिरहेको स्थिति छ ।

ती सबैको कुल उत्पादन ४ हजार मेघावाट हुने अधिकारीले बताउनु भयो । उहाँका अनुसार ६ हजार मेघावाट उत्पादन हुने आयोजना पिपिए गर्नका लागि पाइप लाइनमा रहेका छन् ।

यसैगरी, मुआब्जाका बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, यो समस्या लमजुङको मात्र हैन, मुलुकभरकै हो । यो त्यसलाई राज्यको नयाँ नीतिलेमात्र सम्बोधन गर्न सक्छ भन्नुभयो ।

सो पत्रकार मेटघाट कार्यक्रम महासंघका जिल्ला उपाध्यक्ष कृष्णबहादु आलेको सभापतित्वमा भएको थियो । उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान सिघिङको टोलीलाई स्वागत गर्नुका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्