राष्ट्रियसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिदैं



 

काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राख्नुभएको थियो । त्यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले आजै चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा, २०७४ पेश गर्नुहुनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्