सौन्दर्य कला व्यबसायी संघ भक्तपुरको एक दशक पुरा



 

पुष्कर बुढाथोकी
भक्तपुर । सौन्दर्य कला व्यबसायी संघ जिल्ला शाखा भक्तपुरले स्थापनाको एक दशक पार गरेको छ ।संघले एक दशक पुरा गरेको अवसरमा सुर्यबिनायकमा एक समारोहकाबीच स्वागत,सम्मान तथा प्रमाणपत्र बितरण कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रमको उद्घाटन गर्दै पुर्व मन्त्री तथा सांसद महेश बस्नेतले आफु उद्योग मन्त्री हुँदा सौन्दर्य कलालाई सेवामुलक व्यबसायको रुपमा मान्यता दिएको बताउनुभयो ।उहाँले सौन्दर्य कला अब मनोरञ्जन,बिलासिता र अनुपात्दक क्षेत्र नभई सीप ,रोजगारी र ब्यबसायको रुपमा स्थापित भएको बताउनुभयो ।
सांसद बस्नेतले सौन्दर्य कला ब्यबसाय क्षेत्रलाई शिक्षाकै पाठ्यक्रममा समाबेश गरेर शिक्षालयबाट प्रमाणपत्रका साथ ब्यक्तिलाई सौन्दर्य कला र व्यबसाय सम्बन्धि ब्यबहारीक र गुणात्मक सीप र शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।उहाँले ब्यक्ति आफूमात्र सुन्दर भएर नहुने बताउँदै समाज र देशलाई समेत सुन्दर बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सौन्दर्य कला व्यबसायी संघ महासंघका केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौन्दर्यकलालाई स्वास्थ्य ,बिज्ञान र प्रविधीसँग समेत जोडेर अघि बढाउनुपर्ने बताउनुभयो ।अध्यक्ष श्रेष्ठले सौन्दर्य कला व्यबसायीले ग्राहकलाई सन्तुष्ठि प्रदान गर्दै महिलालाई रोजगारीको अवसर दिनुका साथै राज्यलाई कर तिरी देशको समृद्घिमा टेवा पुर्याई रहेको बताउनुभयो ।

उहाँले चार दशक अघि यो व्यबसाय र पछि संघ सुरु गर्दा थुप्रै चुनौति रहेको भए पनि हाल आएर सहज वातावरण बन्दै गएको र सौन्दर्य कला व्यबसायी महासंघ एक मजबुद संस्था बनेको उल्लेख गर्नुभयो ।

सो अवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष रामप्रसाद प्रजापति, प्राध्यापक उत्तमकृष्ण कर्माचार्य,सौन्दर्य कला व्यबसायी संघका भक्तपुर अध्यक्ष समिता ध्वजु,संघका सल्लाहकार तथा कार्यक्रम संयोजक मोहनप्रसाद प्रजापति लगायतले सौन्दर्य कला ब्यबसायीले परम्परागत भेषभुसा र कलालाई समेत प्रचार , संरक्षण तथा संबद्र्घन गर्दै सौन्दर्य व्यबसायी र देशको समृद्घिमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सौन्दर्य कला व्यबसायी संघमा र यो क्षेत्रमा योगदान दिएका बिभिन्न ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।कार्यक्रममा भक्तपुर,काठमाडौं,ललितपुर र काभ्रेका समेत गरी करिब सय जना सौन्दर्य कला व्यबसायीको जमघट रहेको थियो । संस्थाले एक दशक पुरा गरेको अवसरमा वेभसाईट संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्