रसिदको अलराउन्ड प्रदर्शन



नयाँ दिल्ली, (एजेन्सी)
सनराइजर्स हैदराबादलाई अफगानिस्तानका स्पिनर रसिद खानले जारी आईपीएलको फाइनलमा पु¥याएका छन्।

रसिदले २०१६ मा च्याम्पियन बनेको हैदराबादका लागि अल राउन्ड प्रदर्शन गरेका थिए। शुक्रबार कोलकाताकै इडेन गार्डेन्समा भएको दोस्रो क्वालिफायर खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई १३ रनले हराएको थियो। यो जितसँगै हैदराबादले फाइनलमा चेन्नई सुपर किंग्ससँग उपाधिको लागि खेल्ने पनि तय गरेको छ। यसअघि प्लेअफमा हैदराबाद चेन्नईसँग हारेको थियो।

रसिदले यस प्रतियोगितामा सानदार खेल देखाएका छन्। हरेक पटक उनले हैदराबादलाई संकटमोचन गरे। उनले कोलकाताविरुद्ध पहिले ब्याटिङमा १० बलमा ३४ रन बनाएर टोलीको स्कोर १ सय ७४ रनसम्म पु¥याएका थिए। उनको ब्याटिङमा २ चौका र ४ छक्का सामेल थिए। बलिङमा पनि उनले टोली हारको संघारमा रहेको अवस्थामा विकेट लिएर खेलमा फर्काएका थिए। उनले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने दुई क्याच लिनुका साथै एकलाई रन आउट गरेका थिए।

म्यान अफ द म्याच घोषित रसिदले बताए– ‘मेरा लागि यो ज्यादै जरुरी थियो कि मैले सर्वश्रेष्ठ प्रदर्शन गर्ने प्रयास गरें। हर क्षेत्रमा मैले आफ्नो १ सय प्रतिशत दिने कोसिस गरें। मैले करियरमा शुरुआत ब्याटिङबाट गरेको थिएँ। मलाई कोचले खेलमा ध्यानकेन्द्रित गर भनेको थियो। फिल्डिङमा कुनै बहाना चल्दैन। बस आफ्नो सर्वश्रेष्ठ दिने कोसिस गर। मैले पाएको पुरस्कार उनीहरूलाई समर्पित गर्छु जो बम विस्फोटकमा ज्यान गुमाए।’

यसअघि हैदराबादले टस हारेर ब्याटिङ पहिले गर्दै ७ विकेटको नोक्सानमा १ सय ७४ रन बनाएको थियो। जवाफमा कोलकाताले सानदार शुरुआत गरेको थियो।

तर रसिदले घातक बलिङ गरेपछि कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रनमै चित्त बुझाउनुप¥यो। कोलकाताका लागि सर्वाधिक रन क्रिस लिनले बनाए। आठौं विकेटको रूपमा कार्लोस ब्राथवेटको बलमा रसिदद्वारा क्याच आउट भएका लिनले ४८ रनको योगदान दिएका थिए। उनको विकेट अन्तिम ओभरमा लिनु नै हैदराबादका लागि फाइनल पुग्न सहज भएको थियो।

प्रतिक्रिया दिनुहोस्