आर्यन र सलोनी विजेता



काठमाडौं, (नेस)
आर्यन गिरी र सलोनी तामाङले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–१४ सिंगल्स उपाधि शनिबार जितेका छन्। मण्डिखाटार टेनिस क्लबमा भएको ब्वाइज फाइनलमा आर्यनले चिराग तिमल्सिनालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे। गल्र्सको उपाधि भिडन्तमा सलोनीले रायना शाहलाई ६–२ र ६–० को सीधा सेटमा हराइन्।

प्रतिक्रिया दिनुहोस्