युग दायित्वप्रति समर्पित युगकवि सिद्धिचरण श्रेष्ठ



प्रा.डा. उषा ठाकुर
एक सशक्त कविले युगप्रतिको आफ्नो दायित्वलाई राम्ररी बुझेको हुन्छ। युगकवि सिद्धिचरण श्रेष्ठले पनि युगको आवश्यकता र मागअनुसार नेपाली जनताका दुःख राम्ररी बुझेर आफ्ना काव्यहरूमा युग–चेतनालाई सशक्त अभिव्यक्ति दिनुभएको छ। समाजका यथार्थपरक प्रवृत्तिलाई चित्रण गरेर समाजमा नग्नचित्र प्रस्तुत गर्नुभएको छ। साथै नेपाली जनतालाई सही मार्गदर्शन पनि दिनुभएको छ। उहा“का सम्पूर्ण काव्यहरूको मूल स्वर नै युग–चेतना र मानववाद रहेको देखिन्छ। युगद्रष्टा र युगस्रष्टाको दायित्व निर्वाह गर्दे समाजमा व्याप्त विकृतिहरूलाई समाप्त गर्ने दिशामा जीवनपर्यन्त उहाँसमर्पित हुनुभयो। युग–जीवनलाई सम्पूर्णरूपमा समेट्न प्रयत्नशील रहनुभयो। कविको प्रायः सम्पूर्ण काव्यसाधना नै त्याग, तपस्या, कटिबद्धता र संघर्षको अभिव्यक्ति हो। युगबोधले पूर्णतया परिपूर्ण अनि विश्व बन्धुत्वको भावनाले अभिप्रेरित भएर ‘सर्वे भवन्तु सुखिनः’को मूल मन्त्र लिएर उहाँआजन्म कर्मक्षेत्रमा सक्रिय रहनुभयो। कविका अनुसार प्रत्येक व्यक्तिले कर्ममा विश्वास राख्नुपर्छ–

कर्म क्षेत्रमा तँनिस्की
मनुज सेवामा तँलम्की
मर तँआजै क्यै गरे
चुपचाप नबस सडेर।
मैले त्यसै बस्नु हुन्न सत्य खोल्नै पर्छ
भविष्यको लागि मैले केही बाल्नै पर्छ
बोल–बोल मेरा कवि सत्य के हो बोल
फुकी–फुकी आगो पार बिसौनीको गोल।

उहा“का सम्पूर्ण कविताहरूले अन्याय, अत्याचार र दमनविरुद्ध क्रान्तिको संखनाद फुकेको छ। मङ्गलमानजस्ता रचनाले उहा“लाई एउटा क्रान्तिकारी कविको रूपमा प्रतिष्ठित गरेको छ। ‘भीमसेन थापा’ जस्ता कृति शोक काव्य भएर पनि राष्ट्रियता र देशीय स्वाभिमानको रक्षाका लागि एउटा अत्यन्त क्रान्तिकारी चेतना प्रदान गरेको छ। उहा“का ‘जूनकीरी’जस्ता काव्यले पनि समाजमा व्याप्त संकिर्णतालाई समाप्त गर्ने दिशामा एउटा सशक्त परिवर्तन प्रेरणा प्रदान गरेको छ। साथै नारीवर्गलाई अत्यन्त साहस र प्रोत्साहित प्रदान गरेको छ। बालिवधले जातीय र देशीय एकतालाई ने अगाडि राखेर राष्ट्रियताको सन्देश दिएको छ।

युगकविले लेख्नुभएको राष्ट्रिय गानले पनि राष्ट्रिय एकतालाई समेट्दै तराई, पहाड र हिमालयलाई जोड्दै विविधतामा व्याप्त एकतालाई प्रश्रय दिएको छ।
हिमगिरि–पण्डित, सुगन्ध शोभित
जय जय आमा नेपाल
आर्य, अनार्य बौद्ध र हिन्दू
मिश्रित हाम्रो देश विशाल।
कोशी, गण्डकी कर्णालीको
नित्य सरल हे कलकल गान।
वास्तवमा कवि सिद्धिचरण श्रेष्ठलाई एक असल राष्ट्रभक्त कवि, स्वतन्त्रताप्रेमी, प्रजातन्त्र प्रेमी, क्रान्तिकारी, युग प्रवत्र्तक कवि भन्नु नै उहा“को सही मूल्यांकन हो। युगको आवश्यकतानुसार उहाको काव्य यात्रामा विभिन्न मोड देखिन्छ। आधुनिक नेपाली काव्यमा स्वच्छन्दतावादका प्रतिनिधि कवि श्रेष्ठले आफ्नो साहित्यिक यात्रामा हि“ड्दा परिवर्तनको आवश्यकता महसुस गर्नुभएको छ। युगको आह्वान सुनेर, चारैतिर अन्याय–अत्याचारको साम्राज्य देखेर उहाँयथार्थ कवि बन्न पुग्नुभयो। कारागार जीवन र उहा“को पारिवारिक कचिङ्गलले उहा“लाई क्रान्तिकारी कविको रूपमा जन्मायो। कारावासबाट मुक्त भएपछि ‘मेरो प्रतिविम्ब’जस्ता अनेक कविता लिएर राष्ट्रियता र देशप्रेमका साथै सामाजिक विसंगतिप्रति व्यङ्ग्य–विद्रोह, अन्याय र अत्याचारको विरुद्धमा क्रान्ति–चेतनाका सशक्त कविको रूपमा सिद्धिचरण श्रेष्ठ उभिनुभयो।

लभभग ६ दशकभन्दा वढी समयसम्म नेपाली र नेवारी भाषामा साहित्यको सृजना अनि साधनामा समर्पित कवि श्रेष्ठ निश्चय नै (वि.सं. १९६९–२०४९) नेपाली साहित्य आकाशका विभूति हुनुहुन्छ। कलमका वीर योद्धा हुनुहुन्छ। आफ्नो लामो काव्य यात्रामा कविताका विभिन्न विधा (फुटकर कविता, कवितासंग्रह, गीत, खण्डकाव्य आदि) मा आफ्ना प्रशस्त कृति दिएर, आफ्नो बहुमूल्य योगदान दिएर नेपाली साहित्यलाई समृद्ध एवम् महत्वपूर्ण बनाउनमा उहाँपूर्ण सफल हुनुभएको छ।
कवि सिद्धिचरणका काव्यात्मक अभिव्यक्ति सामाजिक–राजनीतिक सन्दर्भबाट नै जन्मिएको छ। देशमा व्याप्त तत्कालीन राजनीतिक गतिविधिले उहा“का कविताले व्यक्तित्वलाई झकझक्याए पनि उहाँराजनीतिक, साहित्यिक योद्धाको रूपमा अग्रसर हुनुभयो। राणाशासनप्रति विरोध र विद्रोहको स्वर मुखरित, परम्परागत मूल्य र मान्यताप्रति आक्रोश अभिव्यक्त गर्दैै सजग र सतर्करुमपा क्रान्ति–चेतना लिएर उहाँआधुनिक नेपाली कविताको मञ्चमा उभिनुभयो।

नेपाली हु“, कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी म होस् तर छु बहुतै दीनमाथी दयालु
तातो रातो रगत रिपुको प्युन हर्दम तयार
मेरो देश प्रिय खुकुरी यो हेर भै होसियार।
यसरी कवितामार्फत लेखिएका उहा“का यी भनाइले जनजागरणको सवालमा ठूलो भूमिका खेलेका थिए। नेपाली साहित्यमा क्रान्तिको विगुल फुक्ने कवि सिद्धिचरण हुनुहुन्थ्यो। युवावर्गलाई साहसी र जागृत बनाउनका लागि उहा“ले १९९५ सालमा ‘चम्क युवक’ कविता रचना गर्नुभयो। सामाजिक र राष्ट्रिय कर्तव्यबोधले अभिप्रेरित उहा“ले अनेकौं कविता लेखेर देशका लागि समर्पण र आत्मबलिदानका सन्दर्भ अनि संकटस“ग जुझ्नका लागि अदस्य प्रेरणा प्रदान गर्नुभयो। क्रान्तिका लागि आह्वान गरेर मानवतावादी विरोधी तत्वहरूलाई समाप्त गर्ने प्रयासमा कविका सम्पूर्ण जीवन व्यतीत भए। वास्तवमा कवि–जीवनको सम्पूर्ण उद्देश्य नै मानव सेवा हो।

वास्तवमा लोककल्याण, मानवकल्याण, विश्वकल्याण र विश्वबन्धुत्व नै कवि–जीवनको उद्देश्य रहेको पाइन्छ। तदनुरूप कवि–कर्ममा पूर्णतया मर्यादित भएर सिंगै युग र सिंगै नेपाल अनि सम्पूर्ण मानवताको प्रतिनिधित्व गरेकाले कविवर सिद्धिचरण श्रेष्ठलाई ‘युगकवि’, ‘शनिकवि’, ‘कविरत्न’को सम्मान ंप्रदान गरिएको छ। सा“च्चै उहा“ले पाएको पदवी उहा“को विराट युगमुखी कवि व्यक्तित्वको द्योतक हो। राष्ट्रकवि माधव घिमिरेले उहा“का बारेमा लेखेका निम्न पङ्तिहरू कति सटिक छन्–
हुन्न क्रान्ति बिना शान्ति भनेर गर्जियौ तिमी
आज स्वप्न भयो पुरा क्रान्तिदर्शी थियौ तिमी
तिमी कठोर हीरा हौ तिमी कोमल हौ छवि
नमस्कार तिमीलाई हे हाम्रो युगका कवि।

महान् प्रतिभाका धनी कवि सिद्धिचरण श्रेष्ठ एक असल युगकविका रूपमा स्थापित भएर नेपाली साहित्य आकाशमा युगौंसम्म प्रेरणाका अक्षय स्रोत बनी चम्किरहने छन्, हाम्रा पथप्रदर्शन गरिरहने छन्।
(लेखक ठाकुर नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्