लाजले खुल्दैनन् पाठेघर खसेका महिला



ललित सिंह, बझाङ
आङ खसेका तथा पाठेघरको गडबडी भएका १ सय ७० जना महिलाहरूको निःशुल्क स्वास्थ्य शिबिरमा चेक जाँच गरिएको छ।

समाजको लाजसँगै गरिबी र स्वास्थ्यसँग पहुँच नभएका कारण आङ खसेका तथा पाठेघरको गडबडी भएका १ सय ७० जना महिलाहरूको निःशुल्क स्वास्थ्य शिबिरमा चेकजाँच गरिएको छ।

उमेरले ४२ वर्ष भयो १६ वर्षको उमेरमा पहिलो सन्तान पाएको ३ दिनमा आङ (पाठे घर) खसेको हो समाजको डर समाजिक लाजले श्रीमानलाई समेत भनेको थिइनँ निकै दुख्ने गरेको समयमा पनि सहेर बसेकीे थिएँ अहिले निःशुल्क शिबिर आएको थाहा पाएपछि पहिलोपटक चेकजाँच गराएको खप्तड छान्ना गाउँपालीका २ की सिन्कीदेवी जोशी बताइन्।

उनले भन्नि– ‘छरछिमेक परिवारलाई समेत चैनपुर आउँदा पेट दुख्यो भनेर आएको की हुँ निकै लाज लागेको थियो महिला डाक्टरसंग भएकाले सबै कुरा गरँे डाक्टरले चेकजाँच गरेपछि पाठेघरको अप्रेसन गर्नुपर्छ भनेका छन् पैसा कहाँबाट ल्याउने परिवारलाई के भन्ने चिन्ताले पिरोलिरहेको छ। दुखैमा ५ सन्तान हुर्काएँ।’
श्रीमान्लाई भनौं भने अर्को विवाह गर्ला भन्ने डर, आफूसंग पैसा छैन। उमेरले २५ वर्ष भइयो, दुई छोरा छन्। गएको असोजमा भाग्या(विष्ट)को खेतबाट धान बोकर घरमा ल्याउने क्रममा आफ्नो पाठेघर खसेको छबिसपाथिभेरा ७ की कमला विकले बताइन्।
उनले भनिन्– ‘घरमा खानालाई एक महिना पुग्दैन मालिकको काम गर्दै जीवन चलेको छ। अन्य आम्दानीको स्रोत छैन। औषधिउपचार गर्ने पैसा छैन। डाक्टरले औषधि दिएको छ। अप्रेसन गर्न धनगढी आउनु भनेर लेखेर दिएका छन्।’

भारत, युएई, डेनमार्क, अमेरिका, कतार, बहराइन, कुबेत, मलेसिया, जापान, कोरिया, डेनमार्कलगायतका विदेशमा बसेका नेपालीले आफ्नो खाजा खर्चबाट बचाएको पैसा नेपालमा पठाएको र सोही पैसाबाट आफूले आङ खसेका तथा पाठेघरको गडबडी भएका महिलाको उपचारका लागि निःशुल्क स्वास्थ्य शिबिर जिल्ला अस्पताल सिमखेतमा २ दिन राखेको सुदूरपश्चिमेली समाजका अध्यक्ष धनबहादुर बलायरले बताए।
उनले भने– ‘निःशुल्क स्वास्थ्य शिबिरमा नर्सिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका गाइनोसिस एमडी डाक्टर जगदीश विष्ट, स्त्रीरोग विशेषज्ञ डाक्टर गोमा रिजाल स्टाप नर्स दीपा थापा र आसिका बमलगायत १८ जनाको टोलीले चेक जाँच गरेका हुन्। छिट्टै अप्रेसनको पनि हामी शिबिर राख्ने तयारीमा छौं।’ महिलाहरू आफ्नो रोगका बारेमा खुल्न चाहँदैनन्।आङ खसेको हुन्छ पेट दुखेको ज्वरो आउने गरेको भनेर डाक्टरसंगै रोग लुकाउने गरेको स्त्रीरोग विशेषज्ञ डाक्टर गोमा रिजालले बताइन्।

उनले भने– ‘निकै सम्झाइबुझाइ गरेपछि मात्र लाजले मुख छोप्दै आफ्नो कुरा भन्छन्।’

उनलाई आफ्नो ज्यानभन्दा समाजको लाज परिवारको डर बढी हुँदोरहेछ। महिला अझै दोस्रो दर्जाका नागरिकजस्ता छन्। उनीहरू शिक्षाको अभावमा जनचेतना नपाएका र परम्परावादी अवधारणा बोकेको हुँदा रहेछन्। महिलाको आङ खस्नुमा क्षमताभन्दा बढी काम पेटभरि खान नपाउनु उमेर पूरा नहँुदै आमा बन्नु मुख्य कारण हुन्।

प्रतिक्रिया दिनुहोस्