मुसोलिनीले चाहेको विश्वकप



सन् १९३४ मा दोस्रो विश्वकप इटालीमा आयोजना भएको थियो। र पहिलो विश्वकपमा झैं यो विश्वकपको उपाधि पनि आयोजक राष्ट्रले जितेको थियो। रोममा भएको फाइनल खेलमा इटालीले चेकोस्लोभाकियालाई २–१ गोलअन्तरले हराएर विश्व विजेता बन्यो। यो नतिजा त्यतिबेलाका शासक मुसोलिनीको चाहे जस्तै भएको थियो। सन् १९३२ मा स्टकहोममा भएको फिफा कन्फ्रेन्सको बैठकले सन् १९३४ को दोस्रो विश्वकपको आयोजना इटालीमा हुने तय गरिएको थियो। यसले विश्वलाई फुर्ति देखाउन तम्सिरहेका मुसोलिनीलाई एउटा माध्यम पनि प्राप्त भयो।

इटालीमा भएको विश्वकपमा पहिलो विजेता राष्ट्र उरुग्वेले भाग लिएको थिएन। सो राष्ट्रमा प्रतियोगिता आयोजना हुँदा धेरैजसो युरोपेली राष्ट्रले सहभागिता जनाएको थिएनन्। यसमा इटाली पनि पर्छ। यसको रिसमा उरुग्वेले उपाधि रक्षा गर्ने असमर्थता जनाएको थियो। उरुग्वे त्यतिबेला बलियो राष्ट्र भएको हुँदा उसको असहभागिताले इटालीलाई उपाधि जित्न बल मिलेको थियो। अर्को कारण अर्जेन्टिनाका ३ खेलाडी मोन्टी, ओर्सी र गुएतालाई इटालीयन भएकाले अर्जेन्टिनाले एक कमजोर टोली इटालीमा पठाएको थियो। फलस्वरूप उरुग्वेमा भएको फाइनल खेलमा अर्जेन्टिनाबाट खेलेका मोन्टीले ४ वर्षपछि इटालीबाट खेले।

ब्रिटिस टोली इंग्ल्यान्ड र स्कटल्यान्डजस्ता बलिया युरोपेली राष्ट्रको सहभागिता नभएपछि पनि इटालीका लागि उपाधि जित्न कुनै कठिनाइ भएको थिएन। त्यस्तै अर्जेन्टिना, ब्राजिल, अमेरिका पहिलो चरणबाटै विदा भएका थिए। तर स्पेनले भने इटालीलाई क्वार्टरफाइनलमा कडा टक्कर दिएको थियो।

एक गोलले पछि परेर इटाली पराजित हुन गइरहेको थियो। निकै रफ खेल खेलेको इटालीले विवादास्पद गोलले बचेको थियो। इटालीले यति रफ खेल्यो कि स्पेनका सात खेलाडी त मैदानमै घाइते भएका थिए। खेल स्थगित भयो र भोलिपल्ट पुन खेलाइँदा इटाली १–० गोलअन्तरले जित्यो। सेमिफाइनलमा इटालीले अस्ट्रियालाई १–० ले हराउँदा निर्णायक गोल अर्जेन्टिनाबाट पहिलो विश्वकप खेलेका गुएताले गरेका थिए। फाइनलमा इटाली चेकबाट १–० ले पछि परेको थियो। तर यसपटक पनि पहिलो विश्वकपमा अर्जेन्टिनी खेलाडी बनेका ओर्सीले गोल गरेर बराबरीमा ल्याएका थिए। उनले ८२औं मिनेटमा कठिन कोणबाट गोल गरेका थिए। पछि उनले पत्रकारका सामू कयौंपटक त्यहीबाट गोल गर्ने प्रयास सबै विफल भएको बताएका थिए। सीएभीयोले थप समयमा गोल गरेपछि इटाली विश्व विजेता बनेको थियो।

यो विश्वकप देखी निर्धारित ९० मिनेटको समयमा बराबरी नतिजा निस्केमा अतिरिक्त समयमा खेलाउने निर्णय भएको थियो। अतिरिक्त समायमा पनि कोहि नजितेमा सो खेल अर्कोपल्त खेलाइने प्राबधान रहेको थियो।

प्रतिक्रिया दिनुहोस्